कोरोना महामारीले चीन बन्यो शक्तिशाली, पश्चिमाहरु त्रसित भएसँगै नयाँ युद्धको खतरा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १५, २०७७
|
|
३२ पटक हेरिएको
Shares
कोरोना महामारीले चीन बन्यो शक्तिशाली, पश्चिमाहरु त्रसित भएसँगै नयाँ युद्धको खतरा

सारांश

  • एजेन्सी, १५ असार ।
  • सन् १९४५ मा भएको विश्व युद्वपछि देशहरु संस्थागत रुपमा अग्रसर देखिएको थियो ।
  • तर, सन् १९९१ मा भएको गृहयुद्वको अन्त्यपछि प्रस्थापित भएका अन्तराष्ट्रिय व्यवस्थाका केन्द्रिय सिद्वान्तहरुमाथि प्रश्न उठेको थियो ।

एजेन्सी, १५ असार । सन् १९४५ मा भएको विश्व युद्वपछि देशहरु संस्थागत रुपमा अग्रसर देखिएको थियो । तर, सन् १९९१ मा भएको गृहयुद्वको अन्त्यपछि प्रस्थापित भएका अन्तराष्ट्रिय व्यवस्थाका केन्द्रिय सिद्वान्तहरुमाथि प्रश्न उठेको थियो ।

प्रत्येक देशहरुले विश्वमा आफ्नो राजनितिक र दार्शानिक दृष्टिकोण संशोधन गर्दै देशलाई अगाडी लग्न खोजेको थियो । सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिएपछि संयुक्त राज्य अमेरिकाले अभूतपूर्व आन्तरिक मोड लियो । यसक्रममा अमेरिका संस्था, आर्थिक सिद्वान्त र सैन्य पहुँचबाट पछि हट्यो । जसले अमेरिकालाई महाशक्ति बन्न र उक्त शक्ति कायम राख्न मद्दत पुर्याएको छ ।

यसैगरी चीनल ठूलो शक्तिका रुपमा प्रकट भएको छ । चीनद्वारा जारी निती वेल्ट एण्ड रोड इनिसिएटिभ प्रोजेक्टले चीनलाई अन्तराष्ट्रिय समूदायलाई विकास उन्मूख लग्दै प्रभुत्व जमाउन खोजेको भनिएको छ । एसियामा रुसको बढ्दो प्रभाव र चीनसंगको नयाँ मित्रताले विश्व जगतमा विभिन्न विषयहरु उजागर भइरहेको देखिन्छ । युरापियन युनियनबाट वेलायतले ब्रेक्जिट हटाउन विषयले समेत विभिन्न द्वन्द्व पैदा गर्न भूमिका खेल्ने जनाइएको छ ।

महामारीले सम्पूर्ण राष्ट्रहरुलाई अपेक्षाकृत उदार आर्थिक व्यवस्था, बस्तु र सेवाहरुको स्वतन्त्र प्रवाह, क्षेत्रीय र द्विपक्षीय व्यापारको खुलापनको आधारमा बन्देज लगाएको छ । विश्वमा अग्रसर छु भन्दै हिडेको पश्चिमी मुलुकहरु अहिले विभिन्न तरिकाले आक्रमणको शिकार भइरहेका छन् । २१ औँ शताब्दीमा टेक्नोलोजीको प्राथमिकता मै आधारित समाजको निर्माण भइरहेको अवस्थामा पश्चिमाहरु पछाडि परेको देखिन्छ । यसमा चीनको सक्रियता बढी देखिएको छ ।

फाइव जी विस्तार गर्ने नीति चीनको विश्वमा बढ्दो प्रभावले सम्पूर्ण पश्चिमी मुलुहरु त्रसित भएका छन् । महामारीको वेला समेत उक्त अभ्यासहरु भइरहेको छ । महामारीले विश्वलाई परिवर्तन गरेको छैन् । यसले नयाँ युगको व्यवस्थालाई सुरु गरेको बुझिएको छ । चीनको शहर वुहानबाट सुरु भएको महामारीले सम्पूर्ण विश्वमा असर परेको छ । एक करोड मानिस संक्रमित भएका छन् । करिब पाँच लाख मानिसको ज्यान गइसकेको छ ।

यस्तो अवस्थामा सम्पूर्ण देशहरुले आवतजावतमा रोक लगाएको छ । महामारीले मानवतालाई तहस नहस गर्न सफल भएको छ । विश्वको अर्थतन्त्रलाई डामाडोल पार्न सक्ने छ । महामारीले विश्वलाई नयाँ व्यवस्था प्रति उन्मुख हुन प्ररित गरिरहेको छ । यस्तो भयावह अवस्थामा ट्रम्पले आफ्नो देशको बोर्डरहरु कडा गरेको छ भने भारतले आफ्नो अर्थव्यवस्थालाई उकास्न योजनाको विस्तार गरिरहेको छ । यसबीच चीनले महामारी प्रति चालेको कदम सम्पूर्णले पाठ सिक्नु पर्ने जनाइएको थियो । महामारीबा बीच अमेरिकाको आक्रोशले युरोपियन युनियनको सम्बन्धमा तनाव पैदा भएको र इयुका केही मुलुकहरुले चीनको सदभाव प्रति खुशी व्यक्त गरेका छन् ।

चीनले महामारी विरुद्व लड्न विश्वलाई देखाएको सदभावले चिनियँ राष्ट्रपति सी विश्व व्यापी नेताका रुपमा देखापरेका छन् । डब्लूएचओसंगको अमेरिकी दूरी र महामारी प्रति अमेरिकाको विफल प्रयास रहेको छ । चीनले भने यस महामारी विरुद्व लड्न सफल भएको बुझिन्छ । अमेरिकाको विफल नितीले अमेरिकालाई पछाडी धकेलेको छ । अमेरिकाले नयाँ विश्व व्यवस्थाको प्रतिनिधित्व गर्न अग्रसर देखिएको थियो । तर, महामारीका कारण अमेरिकालाई ठूलो धक्का पुगेको छ ।

विश्व व्यवस्थालाई नेतृत्व गर्न चीनले साकारात्मकता देखाएको छ । महामारी बीच नै चिनियाँ राष्ट्रपतिले नयाँ विश्व व्यपस्थाप्रति आफ्नो इच्छा जाहेर गरेका थिए । यसलाई नेतृत्व चीनले गर्ने विषय समेत खोलेका थिए । अमेरिकाको खस्कदो अन्तराष्ट्रिय सम्बन्धका कारण उक्त व्यवस्थाप्रति अमेरिकाको सोच नपुगेको कारण चीनले नेतृत्व गर्ने जनाइएको छ । अमेरिका र चीनबीचको ट्रेड वारमा समेत अमेरिकालाई धक्का पुगेको थियो ।

चीन भने आफ्नो नीति र सिद्वान्त प्रति कायम रहँदै आफ्ना निर्णय लिएको थियो । अमेरिकाले चीनलाई हङकङ मुद्दामा समेत दवाउन खोजेको थियो । उक्त प्रयास समेत विफल भएको थियो । अमेरिकाले चीनलाई हरेक कोणबाट दवाउन खोज्दा चीनले सदैव नयाँ बाटो अपनाउँदै अगाडि बढ्यो । विश्वसामू चीनको बढ्दो लोकप्रियताले चीनलाई नयाँ उचाई हासिल गर्न मद्दत पुर्याउने छ । वेल्ट एण्ड रोड इनिसिएटिभलाई सम्पूर्णले आत्मसाथ गर्ने गरी चीनले आफ्नो भूमिका खेलिरहेको छ । चीन अमेरिकी निति अन्तरगतको इन्डो प्यासिफिक नितीलाई विफल बनाउन सक्रिय ढंगले लागीपरेको छ । चीनद्वारा जारी गरिएको वेल्ट एण्ड रोड इनिसिएटीभलाई लागु गर्दै नयाँ विश्व व्यवस्था तर्फ उन्मुख भए आगामी दिनमा विश्वले नयाँ युद्वको सामना गर्नुपर्ने विषय औल्याइएको छ ।(हिन्दुस्तान टाइम्सबाट भावानुवाद)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान
दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान
पहिलो संघीय संसद फागुन २१ मा बस्ने, यस्तो छ तयारी
पहिलो संघीय संसद फागुन २१ मा बस्ने, यस्तो छ तयारी
पार्टी फुटेमा सुर्य चिन्ह हात पार्ने ओली पक्षको रणनीति
पार्टी फुटेमा सुर्य चिन्ह हात पार्ने ओली पक्षको रणनीति
आगामी चैतदेखि २० बर्षे पुरना निजी तथा सार्वजानिक सवारी हटाइदै…
आगामी चैतदेखि २० बर्षे पुरना निजी तथा सार्वजानिक सवारी हटाइदै…
स्ववियू को मतपरिणाम सार्वजनिक गर्न विद्यार्थी संगठनहरुबीच होडबाजी
बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते
बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब १६ लाख
कोप-२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युग ‘अन्तको’सुरुआत
कोप-२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युग ‘अन्तको’सुरुआत
राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने
राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने
सरकारको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश
सरकारको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश

तपाईंले छुटाउनुभयो कि?