सरकारको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १५, २०७६
|
|
२९ पटक हेरिएको
Shares
सरकारको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश

सारांश

  • काठमाडौं।
  • सरकारको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ।
  • राष्ट्रियसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४र०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

काठमाडौं। सरकारको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४र०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गरेका हुन्। संविधानको धारा ५३ बमोजिमले सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिवेदनमा सरकारको आर्थिक वर्ष २०७४÷०७५ को कार्य प्रगति विवरण उल्लेख गरिएको छ। यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले खानेपानी मन्त्रालयको खर्च कटौतिका लागि संशोधन प्रस्ताव पेश गरेकी छन्।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद देवकोटाले खानेपानी मन्त्रालयको ‘पदाधिकारीलाई इन्धन’ शीर्षकमा विनियोजन गरिएको बजेट कटौीत गरी ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने संशोधन प्रस्ताव पेश गरेकी हुन्। सरकारले आगामी आर्थिक वर्षको खानेपानी मन्त्रालयको बजेटमा पदाधिकारीलाई इन्धनका लागि बजेट विनियोजन गरेको थियो। जुन बजेट फजुल खर्च भएकाले त्यसलाई कटौती गरेर एक रुपैयाँ कामय गर्न काँग्रेस सांसद देवकोटाको सरकारसँग माग छ। उनले चालू खर्चबाट सो बजेट कटौती गरेर जनताको शुद्ध खानेपानी खान पाउने व्यवस्थाका लागि खर्च गर्न पनि सरकारलाई सचेत गराए। सांसद देवकोटाले गरिव तथा भूकम्प पीडित जनतालाई उचित खानेपानीको व्यवस्था हुने गरी ठोस योजना ल्याउन सरकारसँग माग गरिन्। उनले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकाबासीले कहिले उपयोग गर्न पाउने हो रु भनि सरकारलाई प्रश्न गरिन्।

असार भित्रै पार्टी एकता हुन्छः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको काम असार मसान्तभित्रै सकिने बताएका छन्। पार्टी एकता टुंग्याउन केही अलमल देखिएको स्वीकार गर्दै अध्यक्ष ओलीले यो आर्थिक वर्ष्भित्रै पार्टी एकता पूर्ण रुपमा सक्ने बताए।मदन भण्डारीको ६८ औं जन्मजयन्तिको अबसरमा मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा अध्यक्ष ओलीले जनताको बहुदलिय जनवाद नै पार्टीको सिद्धान्त भएको बताए। उनले एकता टुंगिन केही समय लाग्दा खिसीट्युरी गरिएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?