कोलकातामा नेपाल भवन बनाउन आह्वान

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ९, २०७४
|
|
३५ पटक हेरिएको
Shares
कोलकातामा नेपाल भवन बनाउन आह्वान

सारांश

  • काठमाडौँ, ९ फागुन ।
  • भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको चतुर्थ साधारणसभाले सभापतिमा राजु पाठकलाई सभापतिमा चुनेको छ ।
  • मञ्चका उपसभापतिमा बद्रीविक्रम थापा र टीकारामगोपाल भित्रीकोटी, महासचिवमा विष्णुप्रसाद बस्याल, सचिवमा देवराज भट्टराई र रामायणप्रसाद धमला, कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा गुञ्जदास श्रेष्ठ रहनुभएको छ ।

काठमाडौँ, ९ फागुन । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको चतुर्थ साधारणसभाले सभापतिमा राजु पाठकलाई सभापतिमा चुनेको छ ।
मञ्चका उपसभापतिमा बद्रीविक्रम थापा र टीकारामगोपाल भित्रीकोटी, महासचिवमा विष्णुप्रसाद बस्याल, सचिवमा देवराज भट्टराई र रामायणप्रसाद धमला, कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा गुञ्जदास श्रेष्ठ रहनुभएको छ ।

त्यस्तै शिक्षा, साहित्य एवम् प्रकाशन विभाग प्रमुखमा नारायणप्रसाद होमागार्इं, आर्थिक व्यवस्थापन तथा भवन निर्माण विभागमा केशव अधिकारी, क्षेत्रीय सम्पर्क सम्बन्ध विभागमा नीलहरि दहाल र सहप्रमुखमा पूर्णबहादुर विष्ट,कानून तथा न्याय परामर्श विभागमा सुशील ढकाल, कला तथा संस्कृतिमा जनार्दन ढकाल र सहप्रमुख हर्क गुरुङ र सुकदेव प्रधान, महिला तथा बालबालिका विभागमा बविता होमगाईं युवा तथा खेलकुद विभागमा खिलाप्रसाद नेपाल, सामाजिक सेवा विभागमा रामप्रसाद उपाध्याय, स्वास्थ्य सेवाविभागमा धनन्जय बजगाईं तथा कार्यकारिणी सदस्यमा भीमबहादुर श्रेष्ठ, लालकृष्ण होमगार्इं, डण्डबहादुर जैसी, सुरज लामा, रामबहादुर कार्की र नैनसिंह थापा रहनुभएको छ ।

सभामा संयुक्त नेपाली वेलफेयर ट्रष्टका संयोजक खिमराज बरालले कोलकातामा नेपाल भवन निर्माणका लागि नेपाल सरकारबाट प्राप्त रु ६ लाख र अपुग रकम चन्दा संकलन गरी कोलकाताको नतुनहाट, विवेकानन्द पार्क रोडमा करीव ११ कट्ठा जमीन ‘संयुक्त नेपाली केन्द्रीय सेवा संघ’को नाममा पारित गरिएको र भवन निर्माणमा रु १७ करोड लाग्ने जानकारी दिनुभयो ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमकुमार राईले नेपाल भवन निर्माणमा आफ्नातर्फबाट सहयोग गर्न पहल गरिने बताउनुभयो । नेपाली महावाज्यिदूत एकनारायण अर्यालज्यू कोलकातामा विभिन्नसंघसंस्थाले गर्ने गरेको भाषा, साहित्य, प्रकाशन सम्बन्धी कार्यक्रममा सहयो गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । संयुक्त नेपाली केन्द्रीय सेवा संघका सभापति नरविक्रम थापाले भवन निर्माण सफल पार्न सबैलाई सहयोगका लागि आह्वान गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट
प्रधानमन्त्रीद्वारा जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट
केपी ओली र हिमानी एउटै जहाजमा फर्किए नेपाल, के यो संयोग हो ?
केपी ओली र हिमानी एउटै जहाजमा फर्किए नेपाल, के यो संयोग हो ?
गाम्बियामाथि सेनेगलको ३-० को शानदार जित
गाम्बियामाथि सेनेगलको ३-० को शानदार जित
सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याक पाइने !
सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याक पाइने !
नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्ने तयारी
नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्ने तयारी
मनसुनी न्यूनचापीय रेखा पुनः भारी वर्षाको सम्भावना
मनसुनी न्यूनचापीय रेखा पुनः भारी वर्षाको सम्भावना
हुलाकका एक हजार छ सय ३६ दरबन्दी खारेज
हुलाकका एक हजार छ सय ३६ दरबन्दी खारेज
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी
कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …
कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …
मदनकृष्णको अनुभव : ‘मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ’
मदनकृष्णको अनुभव : ‘मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ’

तपाईंले छुटाउनुभयो कि?