गाम्बियामाथि सेनेगलको ३-० को शानदार जित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०८०
|
|
२४ पटक हेरिएको
Shares
गाम्बियामाथि सेनेगलको ३-० को शानदार जित

सारांश

  • काठमाडौं।
  • अफ्रिकन कप अन्तर्गत सेनेगलले विजयी शुरुवात गरेको छ।
  • सोमबार राती सम्पन्न समूह सी अन्तर्गतको खेलमा सेनेगलले गाम्बियालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो।

काठमाडौं। अफ्रिकन कप अन्तर्गत सेनेगलले विजयी शुरुवात गरेको छ। सोमबार राती सम्पन्न समूह सी अन्तर्गतको खेलमा सेनेगलले गाम्बियालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो।

सेनेगलको जितमा लामिने कामाराले २ गोल गरेका थिए भने पापे गुएयेले एक गोल गरेका थिए। यस खेलमा खेलको पहिलो हाफको अन्त्यमा गाम्बियाका एबोउ एडम्सले रातो कार्ड पाएपछि गाम्बिया १० खेलाडीमा सिमित भएको थियो।

अब सेनेगलले अर्को खेल आगामी शुक्रबार क्यामरुनसँग खेल्ने छ भने गाम्बियाले शनिबार गुएनासँग खेल्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?