मदनकृष्णको अनुभव : ‘मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १८, २०७७
|
|
५४ पटक हेरिएको
Shares
मदनकृष्णको अनुभव : ‘मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ’

सारांश

  • काठमाडौं, १८ कार्तिक ।
  • बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मास्कले धेरै हदसम्म कोभिड–१९ (कोरोना) बाट बचाउन मद्दत पुर्याउने आफ्नो अनुभव सेयर गरेका छन् ।
  • सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो बताएका हुन् ।

काठमाडौं, १८ कार्तिक । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मास्कले धेरै हदसम्म कोभिड–१९ (कोरोना) बाट बचाउन मद्दत पुर्याउने आफ्नो अनुभव सेयर गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्,‘मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउँन मदत पुर्याउँदो रहेछ जस्तो लाग्यो। त्यसैले साबुनपानी, स्यानीटाईजर र सामाजिक दूरिका साथै मास्क लगउन बिषेश ध्यान दिनु होला है ।’

मदनकृष्णले लेखेका छन्–

हरिबंशलाई कोरोना पोजेटिभ भैसकेकोरहेछ यो कुरा हरिबंश आफैलाई पनि थाहा थिएन। उ आफैलाई थाहा नभएको कुरा मलाई थाहा हुने त कुरै भएन। हामी दुबैजनाले यस बिषयमा कुरै नगरे पछि बिचरा हाम्रो छेउछाउमा उभिएका बसेकाहरुलाई त झन सङ्का सम्म पनि नहुनु स्वाभाबिकै थियो । हामी त दुई दिन सम्म मजाले शुटिङमा ब्यस्त भएर, एउटै गाडि धेरै बेर सम्म चढेर हिंडीरहेका थियौं । भोली पल्ट हरिले फोन गरेर दाई मलाई त कोरोना पोजेटिभ पो त देखियो त ‘! ? भन्दा त लौ मार्यो ‘
एक छिन त म पनि झसंग भएं। किनभने हरिबंश कोरोनाको लागि हड्डी बराबर हुन सक्ला तर म त कोरोनाको लागि एकदम मीठ्ठो कवाफ बराबर हुन सक्छ ।
तर मेरो स्वाथ्यमा कोरोनाको कुनै लक्षण देखापरिरहेको थिएन तैपनि सतर्कताकासाथ घरैमा आईसोलेशनमा बसिरहें ।
एक हप्ता पछि टेष्ट गराउँदा एउटै गाडी चढेका म समेत चारैजनाको रिपोर्ट नेगेटिभ आयो । कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेका थियौं, सोसियल डिस्टायन्समा होश पुर्याएकै थियौं। तर एउटै गाडी चढ्दा भने डिस्टायन्स खासै मेन्टेन हुन सकिरहेको थिएन । तर पनि सबैको रिपोर्ट कसरि नेगेटिभ भयो होला भनेर सोंच्दा गाडीमा चढेमा हामी सबैले मास्क एक सेकेण्ड पनि उतारेका थिएनौं । त्यस पछि लाग्यो मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउँन मदत पुर्याउँदो रहेछ जस्तो लाग्यो। त्यसैले साबुनपानी, स्यानीटाईजर र सामाजिक दूरिका साथै मास्क लगउन बिषेश ध्यान दिनु होला है ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना
आजको विनिमयदर र नेपाली बजारमा विदेशी मुद्राको कारोबार बारे जान्नुपर्ने पाँच तथ्य
आजको विनिमयदर र नेपाली बजारमा विदेशी मुद्राको कारोबार बारे जान्नुपर्ने पाँच तथ्य
हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?
हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?
यी हुन् इन्चार्जबाट इन्चार्जमै सरुवा हुुने भाग्यमानी एसएसपी…
यी हुन् इन्चार्जबाट इन्चार्जमै सरुवा हुुने भाग्यमानी एसएसपी…
गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी
गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी
लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई
लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई
तत्काल पीसीआर परिक्षणको शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने
पूर्वराजपरिवारका तीन गाडी प्रदर्शनमा राखियो
पूर्वराजपरिवारका तीन गाडी प्रदर्शनमा राखियो
प्रहरीद्वारा भरतपुरमा पेट्रोल पम्प सञ्चालन
प्रहरीद्वारा भरतपुरमा पेट्रोल पम्प सञ्चालन
कम्युनिस्टहरूबिच ‘नेकपा’ का लागी द्वन्द्व, अब के हुन्छ ?
कम्युनिस्टहरूबिच ‘नेकपा’ का लागी द्वन्द्व, अब के हुन्छ ?