१८ सय ठेक्का अलपत्र, एक खर्ब १८ अर्ब रुपैयाँ जोखिममा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
१८ सय ठेक्का अलपत्र, एक खर्ब १८ अर्ब रुपैयाँ जोखिममा

सारांश

  • काठमाडौं १६ माघ ।
  •   सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा करिब साढे १८ सय ठेक्का अलपत्र परेका छन् ।
  • वर्षौंदेखि योजना अलपत्र रहेकाले राज्यको १ खर्ब १८ अर्ब रुपैयाँ जोखिममा परेको छ ।

काठमाडौं १६ माघ ।  सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा करिब साढे १८ सय ठेक्का अलपत्र परेका छन् । वर्षौंदेखि योजना अलपत्र रहेकाले राज्यको १ खर्ब १८ अर्ब रुपैयाँ जोखिममा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यसबारे गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।

अख्तियारले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबभन्दा बढी सडक विभागअन्तर्गतका ९ सय ६ वटा परियोजना अलपत्र छन् । यी योजनाका बजेट २० अर्ब ७६ करोड रुपैयाँ छ । यीमध्ये करिब ७० प्रतिशत ठेक्का नवीकरण भएका छैनन् भने सम्झौता पनि हुन सकेको छैन । २०६८ असार २१ गते ठेक्का सम्झौता भएको पाल्पा रामपुरको कालीगण्डकी पुल अहिलेसम्म बनेको छैन ।

आयोग प्रवक्ता रामेश्वर दंगालका अनुसार देशभर ठेक्का व्यवस्थापनका विषयमा गुनासो र उजुरी आएपछि अख्तियारले विभिन्न निकायबाट कागजात मगाई अध्ययन गरेको थियो । झन्डै ३ महिनाको अध्ययनले ठेक्का व्यवस्थापनमा भयावह अवस्था देखिएको उनले बताए । ‘यो प्रतिवेदन आयोगले सरकारलाई बुझाएको छ, ठेक्का व्यवस्थापनको सवालमा कडाइका साथ प्रस्तुत हुनुपर्ने देखिन्छ,’ दंगालले भने, ‘यीमध्ये बदनियत र ठूलो लापरबाही देखिएका कतिपय योजनामाथि थप छानबिन भई पुष्टि भएमा भ्रष्टाचार मुद्दासमेत चलाउनुपर्ने हुन्छ ।’ उनका अनुसार केही फाइलमाथि थप छानबिन अघि बढेको छ ।

विभिन्न स्वास्थ्य निकायका भवन अलपत्र छन् । समयमा स्वास्थ्य चौकी, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रलगायत भवन बन्न सकेको छैन । ४ सय ४२ वटा ठेक्कामा ६ अर्ब ३० करोड रुपैयाँका योजना अलपत्र परेका छन् । विभिन्न सिँचाइ योजना, जलविद्युत् आयोजना, प्रसारण लाइनसमेत अलपत्र छन् । सूचना प्रविधिको पूर्वाधार निर्माणका कामसमेत अलपत्र हुँदा १५ अर्ब ८६ करोड रुपैयाँ निष्क्रिय भएको छ । स्थानीय पूर्वाधार विकास, खानेपानी, ढललगायत योजना पनि अलपत्र छन् । ‘पूर्वाधार विकाससँग सम्बन्धित ७ मन्त्रालयअन्तर्गतका निकायले पठाएको विवरण हेर्दा १ हजार ८ सय ४८ वटा योजना अलपत्र परेका देखिन्छन्,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार झन्डै ५५ प्रतिशत ठेक्कापट्टा तथा आयोजनाको म्याद थप भएको छैन । करिब २४ अर्ब रुपैयाँ सेरोफेरोको रकम पेस्कीका रूपमा ठेकेदारको खातामा गइसकेको छ । हाल ‘मोबिलाइजेसन’ खर्चका रूपमा ठेक्का रकमको २० प्रतिशत अग्रिम भुक्तानी गरिन्छ । अख्तियारले प्रतिवेदनमा भनेको छ, ‘ठेक्का सम्झौता सम्पन्न नभई अलपत्र रहँदा सयौं सर्वसाधारणको दैनिक जीवनयापन एवं सामाजिक आर्थिक उन्नतिका लागि टेवा प्रदान गर्ने पूर्वाधार निर्माण हुन नसकेकाले राज्यलाई प्रत्यक्ष/अप्रत्यक्ष ठूलो क्षति पुग्न गएको सहजै अनुमान गर्न सकिन्छ ।’ कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
नयाँवर्ष कपमा २० टीमले खेल्दै, पहिलोपटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी
नयाँवर्ष कपमा २० टीमले खेल्दै, पहिलोपटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी
कांग्रेसमा असन्तुष्टी सबैका मोबाइल स्वीच अफ  ।
कांग्रेसमा असन्तुष्टी सबैका मोबाइल स्वीच अफ ।
सोलार प्यानलको ब्याट्री सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट
सोलार प्यानलको ब्याट्री सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट
धानमा रोग देखा परेपछि किसान चिन्तामा
धानमा रोग देखा परेपछि किसान चिन्तामा
भारतमा एकैदिन करिब ९६ हजार कोरोना संक्रमित थपिए
भारतमा एकैदिन करिब ९६ हजार कोरोना संक्रमित थपिए
भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको  मृत्‍यु भएको आसँका…
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको मृत्‍यु भएको आसँका…
विश्वकप क्रिकेटः भारत सेमिफाइनलमा प्रवेश
विश्वकप क्रिकेटः भारत सेमिफाइनलमा प्रवेश
राप्रपा राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ कांग्रेस प्रवेश
राप्रपा राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ कांग्रेस प्रवेश

तपाईंले छुटाउनुभयो कि?