कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा, अब ९ असारमा सुनुवाइ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०८१
|
|
२८ पटक हेरिएको
Shares
कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा, अब ९ असारमा सुनुवाइ

सारांश

  • विराटनगर।
  • कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतकाे पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेकाे छ।
  • अब यो मुद्दामा ९ असारमा सुनुवाइ हुनेछ।

विराटनगर। कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतकाे पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेकाे छ। अब यो मुद्दामा ९ असारमा सुनुवाइ हुनेछ।

न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले बिहीबारको सुनुवाइपछि रिटलाई हेर्दाहेर्दैमा राखेकाे हाे। अदालतका न्यायाधीश बिदामा हुने भएकाले अब अर्को सुनुवाइ ९ असारमा मात्र हुनेछ।

बिहीबारको सुनुवाइमा निवेदक केदार कार्कीको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्री कार्की, यदु खनाल, ललित बस्नेत, अपूर्व खतिवडालगायतले बहस गरेका थिए। केदार कार्कीको पक्षमा बहसका लागि १२ जनाले वकालतनामा भरेका छन् । इजलासले दुवै तर्फका कानुन व्यवसायीलाई बहस नाेट बुझाउन पनि आदेश गरेकाे पूर्वमुख्यमन्त्री केदार कार्कीका प्रेस सल्लाहकार देवनारायण साहले जानकारी दिए।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई २६ वशाखमा स्वत पदमुक्त गर्दै  साेही उपधारा अनुसार २७ वैशाखमा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । नयाँ सरकार गठनका विरुद्ध २७ बैशाखमा नै केदार कार्कीले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका कारण आफुलाई पदमुक्त गर्न नमिल्ने भन्दै केदारले प्रदेश प्रमुखले गरेको सरकार गठन आह्वान बदर, प्रदेशसभाले पास गरेको संकल्प प्रस्तावको निर्देशन बदर र हिक्मतकुमार कार्कीको नियुक्ति बदर गरी आफ्नो निरन्तरताको माग गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Odbierz W Vulkan Vegas Darmowy Bonus Za Rejestracj
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क
पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क
कक्षा ६ देखि अध्ययन गरेमात्र उच्च शिक्षा छात्रवृत्ति
कक्षा ६ देखि अध्ययन गरेमात्र उच्च शिक्षा छात्रवृत्ति
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग
माधव नेपाल प्रचण्डतिर, खनाल एमालेतिर लचक
माधव नेपाल प्रचण्डतिर, खनाल एमालेतिर लचक
श्रीलंकाले चीनलाई एक लाख बाँदर बेच्ने तयारी
श्रीलंकाले चीनलाई एक लाख बाँदर बेच्ने तयारी
सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन , मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”
सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन , मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”
विमानस्थालबाट बरामद गरिएका ६ वटा बाकसमा के थियो ?
विमानस्थालबाट बरामद गरिएका ६ वटा बाकसमा के थियो ?
कोशी प्रदेश : थापा मुख्यमन्त्री नियुक्त भए पनि संकट उस्तै
कोशी प्रदेश : थापा मुख्यमन्त्री नियुक्त भए पनि संकट उस्तै

तपाईंले छुटाउनुभयो कि?