भरतपुर विमानस्थल १० दिनका लागि बन्द

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
४३ पटक हेरिएको
Shares
भरतपुर विमानस्थल १० दिनका लागि बन्द

सारांश

  • भरतपुर विमानस्थल आजदेखि १० दिन बन्द हुने भएको छ ।
  • विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मङ्सिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
  • कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ ।

भरतपुर विमानस्थल आजदेखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मङ्सिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको हो ।

“आजदेखि १० दिन बन्द गरेर करीब एक हजार २०० मिटरको धावनमार्गमा मर्मतसम्भार गर्दैछौँ”, विमानस्थल प्रमुख गौतमले भन्नुभयो, “पार्किङ पनि सुविधायुक्त बनाउँछौँ”, विमानस्थलको धावनमार्ग ठाउँ–ठाउँमा भत्किएको र कतैकतै उप्किएकाले मर्मतसम्भार गर्न लागिएको गौतमले बताउनुभयो ।

झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले अर्थात कालोपत्रेमाथि थप कालोपत्रे गरिएको थिएन । नेपाल भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि पर्यटकको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताउनुभयो । विमानस्थल ओभरले गर्दा ६० एमएमको पक्की हुनेछ । रातिको समयमा चिसो मौसम भएकाले काम गर्न नसक्ने तथा दिउँसोमा विमानका कारणले काम गर्न असहज भएकाले बन्द गरेरै काम गर्ने अनुमति लिइएको प्रमुख गौतमको भनाइ छ । हालको ७०÷७० मिटर रहेको पार्किङलाई बढाएर ९०÷८० को बनाइनेछ । अहिले साना जहाज चारवटा अटे पनि एटिआर र जेटस्टिमहरू एक साइडमा एउटा मात्रै अटाउन सक्छन् एउटा हेलिप्याड छुट्टै तयार हुन्छ । धावनमार्गमा रहेको कालोपत्रेमा थप गर्ने र पार्किङ क्षेत्र विस्तारका लागि रु चार करोड ४२ लाख ४७ हजार ७८८ लागत अनुमान गरिएको छ ।

बैसठ्ठी बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । हाल भरतपुरमा बुद्ध, यति र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन् । भरतपुर–काठमाडौँ दैनिक आठ तथा बुद्ध र यतिले भरतपुर–पोखरा एक–एक उडान गर्दै आएका छन् । विमानस्थलबाट दैनिक ८०० यात्रुले सेवा लिँदै आएका छन् ।

भरतपुर विमानस्थल बन्द हुँदा मेघौलीमा साना जहाज चलाउन सक्नेगरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । मन्त्रालयस्तरको कार्यदल गठन गरेर विमानस्थल विस्तार गरी ठूला जहाज उडान र अवतरण गर्न गृहकार्य थालिएको छ ।

(aaplumbingsa.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक दुर्घटनामा परी सातको मृत्यु
सडक दुर्घटनामा परी सातको मृत्यु
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा
मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा
विद्युत् चुहावट गर्ने नौ जना पक्राउ
विद्युत् चुहावट गर्ने नौ जना पक्राउ
टेलिकमले ल्यायो एकैपटक १० हजार जनालाई म्यासेज’ पठाउन सकिने सेवा, यस्तो छ तरिका
टेलिकमले ल्यायो एकैपटक १० हजार जनालाई म्यासेज’ पठाउन सकिने सेवा, यस्तो छ तरिका
बारामा नेकपा एमाले सबैभन्दा ठुलो दल
बारामा नेकपा एमाले सबैभन्दा ठुलो दल
त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
‘फास्ट ट्र्याक’ छिटो बनाउनेसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्‍बाट पारित
‘फास्ट ट्र्याक’ छिटो बनाउनेसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्‍बाट पारित
३३ किलाे सुन प्रकरण: १६ जनाको मुद्दा पेसी स्थगित
३३ किलाे सुन प्रकरण: १६ जनाको मुद्दा पेसी स्थगित
राजपा र फोरमले टुंग्याए राष्ट्रियसभाका ४ उम्मेदवार
राजपा र फोरमले टुंग्याए राष्ट्रियसभाका ४ उम्मेदवार