चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
सारांश
- २९ कात्तिक, काठमाण्डौ ।
- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली जनताले शान्ती र समृद्धि चाहेकाले कांग्रेसलाई बहुमत प्रदानगर्ने दाबी गरेका छन् ।
- रिपोर्टर्स क्लब नेपालले गरेकाचुनावीबहसकाक्रममाबोल्दै अर्थमन्त्रीसमेत रहेकाकार्कीले कांग्रेसको नेतृत्वमाअबको १० वर्षमा नेपालले मुहार फेर्ने दाबी गरे ।
२९ कात्तिक, काठमाण्डौ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली जनताले शान्ती र समृद्धि चाहेकाले कांग्रेसलाई बहुमत प्रदानगर्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले गरेकाचुनावीबहसकाक्रममाबोल्दै अर्थमन्त्रीसमेत रहेकाकार्कीले कांग्रेसको नेतृत्वमाअबको १० वर्षमा नेपालले मुहार फेर्ने दाबी गरे ।
कांग्रेस पहिलो ठूलो दलबन्ने दाबीगर्दै सुनसरी क्षेत्र नम्बर ४ काउम्मेदवारसमेत रहेकाकार्कीले कांग्रेसले सरकार गठन गरेर आर्थिक समृद्धिको एजेण्डा लागु गर्ने बताए । विगतमा संगठित हिंसा र द्धन्द्धको समयमाकांग्रेसले सरकार चलाउनु परेको स्मरण गराउँदै कार्कीले देशलाई शान्तीको बाटोमा लैजाने र संविधाननिर्माण गराउन सक्ने पार्टी कांग्रेस नै भएको जिकिर गर्दै अब संविधानकार्यान्वयन र विकासकालागिजनताले कांग्रेसलाई नै मतदानगर्ने विश्वास व्यक्त गरे ।
नारा र दस्तावेजको पछि लाग्दैमा देश विकास नहुने भन्दै कार्कीले वाम गठबन्धनको कटाक्ष गरेका छन् । नेपालमा कम्युनिष्ट शासनआउने सम्भावना नरहेको जिकिर गर्दै उनले वाम गठबन्धनले साम्यवादल्याउने प्रयास भने गरेको आरोप लगाए ।
कार्कीले केहीउम्मेदवारमाथिभएको आक्रमणको निन्दागर्दै उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार रहेको बताए । बुढगण्डकी जलविद्युतआयोजनानिर्माणको जिम्मादिइएको चिनियाँकम्पनी गेजुवासँगको सम्झौता रद्द गर्ने विषयमा सरकारभित्रकुनै विमति नरहेको कार्कीले स्पष्ट पारेका छन् ।
फरक प्रसङ्गमा अर्थमन्त्रीसमेत रहेकाकार्कीले किसानले किन्ने ट्याक्टरमा यसअघिका अर्थमन्त्रीकृष्ण बहादुर महराले भ्याट लागाएको आरोप लगाए । किसानलाई मर्का पर्ने गरी लगाइएको भ्याट आगामीआर्थिक वर्षको बजेट प्रस्तुतगर्नेबेलामामात्र हटाउन सकिने कार्कीको भनाई छ ।
प्रतिक्रिया