कोशी प्रदेश : थापा मुख्यमन्त्री नियुक्त भए पनि संकट उस्तै

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १७, २०८०
|
|
२२ पटक हेरिएको
Shares
कोशी प्रदेश : थापा मुख्यमन्त्री नियुक्त भए पनि संकट उस्तै

सारांश

  • इटहरी।
  • कोशी प्रदेशमा फेरि उद्धव थापा मुख्यमन्त्री बनेका छन् ।
  • कोशी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता थापा गठबन्धन दलको साथबाट पुनः मुख्यमन्त्री बनेका हुन् ।

इटहरी। कोशी प्रदेशमा फेरि उद्धव थापा मुख्यमन्त्री बनेका छन् । कोशी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता थापा गठबन्धन दलको साथबाट पुनः मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मंगलबार पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरेका छन् ।

सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत सदस्यको हस्ताक्षरमा गठबन्धन दलबाट थापा मुख्यमन्त्री बनेका हुन् । कोशी प्रदेशमा पछिल्लोपटक गत २१ असारमा सरकार गठन भएको थियो । त्यसबेला सभामुख रहेका गौतमको हस्ताक्षरसहित थापा मुख्यमन्त्री बने पनि सर्वोच्च अदालतले नियुक्ति बदर गरेको थियो ।

कांग्रेससहित माओवादी, एकीकृत समाजवादी र जसपासहितको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । २१ असारमा कांग्रेस, माओवादी, नेकपा एस र जसपाका ४६ सांसद थिए, जसमा सभामुख गौतमको हस्ताक्षरसहित ४७ सदस्य बनाएर मुख्यमन्त्रीमा पेस गरेसँगै प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

तर, नेकपा एमालेले २२ असारमा असंवैधानिक ढंगबाट सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा ११ साउनमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको थियो ।

१२ साउनमा प्रदेश प्रमुख खापुङले सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठनको आह्वान गरेका थिए । सर्वोच्च अदालतले ११ गते दिएको आदेशपछि मंगलबार अपराह्न ५ः०० बजेम्म संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

सोहीअनुसार सभामुख गौतमलाई राजीनामा गराएर बहुमत सदस्यको हस्ताक्षरमा थापा मुख्यमन्त्री बनेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्यको आवश्यकता पर्छ ।

जसअनुसार कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ गरी ४७ प्रदेशसभा सदस्यको समर्थन रहेको छ । उता, विपक्षीमा नेकपा एमालेका ४० र राप्रपाका ६ सांसद रहेका छन् ।

को हुन् थापा ?

थापा झापा निवासी हुन् । २०३४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थापा २०३६ सालको जनमत संग्रहका बेला बिपी कोइरालाको सुरक्षा दस्तामा सामेल भएका थिए । २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को लोकतान्त्रिक जनआन्दोलनमा सक्रियतापूर्वक आन्दोलनको अग्र मोर्चामा रहेका उनी झापामै बसेर निरन्तर राजनीतिको यात्रामा छन् ।

गाउँ समितिको सचिव, गाउँ समितिको सभापति, जिल्ला सभापति हुँदै प्रदेश सभापति बनेका थापा २०७० र २०७४ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको नजिक रहेर पार्टीमा काम गरेका उनी २०६८ सालमा झापा कांग्रेसको सभापति बनेका थिए । त्यसबेला उनले विश्वप्रकाश शर्मालाई पराजित गर्दै जिल्ला सभापति बने । जिल्ला सभापति भएसँगै उनको राजनीतिक यात्राले थप गति लियो ।

यससँगै नेपाली कांग्रेस प्रदेश सभापतिमा २० मंसिर २०७८ मा थापा निर्वाचित भए । गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गर्दै थापाले प्रदेशमा पार्टीको पहिलो नेतृत्व सम्हाल्ने अवसर पाएका थिए ।

उनी समानुपातिकबाट सांसद बने पनि कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । १५ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको नेतामा कुल २९ सिटमध्ये थापाले १८ मत प्राप्त गरेका थिए भने केदार कार्कीले ९ मत प्राप्त गरे । यस्तै, अमृत अर्यालले भने २ मत प्राप्त गरेका थिए ।

थापा कांग्रेसभित्र सिटौलासँग लामो समय नजिक रहेर हालसम्म निरन्तर राजनीतिमा सक्रिय छन् ।

पाउलान् त विश्वासको मत ?

थापा मुख्यमन्त्री बने पनि विश्वासको मत पाउने भन्ने’ अझै अन्योल छ । उनले विश्वासको मत प्राप्त गर्नका निम्ति एमालेको साथ अनिवार्यजस्तै देखिन्छ । कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थनमा थापा मुख्यमन्त्री बने पनि विश्वासको मतका निम्ति सोही संख्या आवश्यक पर्ने हुन्छ ।

तर, प्रदेशसभा बैठक सञ्चालनका निम्ति उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ । एमालेले उपसभामुखलाई बैठकमा नआउन निर्देश जारी गरेको अवस्थामा भने प्रदेशसभाका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यदि, उपसभामुखले बैठकको अध्यक्षता नगरेको अवस्थामा भने ज्येष्ठ सदस्यका हिसाबमा कांग्रेसका गयानन्द मण्डलले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।

जसअनुसार फेरि पनि गठबन्धन दलसँग कुल ४६ मात्रै सांसद हुन्छन् । त्यस्तो अवस्थामा थापालाई विश्वासको मत प्राप्त गर्न कठिन हुनेछ । अब कोशीमा स्थिर सरकार निर्माणका लागि सबै दलको साथ अनिवार्यजस्तै देखिएको छ ।

सरकारविहीन बन्यो प्रदेश

सर्वोच्च अदालतको फैसलाले थापालाई बर्खास्त गरेपछि सरकारविहीन बन्यो, कोशी प्रदेश । थापालाई ११ साउनमा बर्खास्त गरेसँगै १६ साउनसम्म कोशी प्रदेश सरकारविहीन अवस्था थियो । थापालाई सर्वोच्चले बर्खास्त गरे पनि कामचलाउ को हो ? भन्ने नतोकेपछि एमाले नेता हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीका रूपमा दाबी गरेका थिए ।

१२ साउनमा काठमाडौंबाट विराटनगर विमानस्थल आएका कार्कीले कामचलाउ मुख्यमन्त्रीमा दाबी गरे पनि मुख्यमन्त्री कार्यालयले भने कार्कीलाई मान्यता दिएन । उनी विमानस्थलमा आउँदा उनलाई लिन कर्मचारी, सुरक्षाकर्मी नपुगेपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा चढ्दै आएको को१झ ६५२ नम्बरको स्कार्पियोमा विमानस्थलबाट निस्किएका थिए । त्यससँगै १६ साउन साँझसम्म प्रदेश सरकारविहीन बनेको हो ।

बिनाविभागीयमै सकियो कार्यकाल

यता, पछिल्लोपटक २१ असारमा मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारमा भने बिनाविभागीयमन्त्रीको कार्यकाल सकिएको थियो । २२ असारमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका थापाले दुई जनालाई मन्त्री नियुक्त गरेका थिए ।

थापाले नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगुलाई मन्त्री नियुक्त गरे । यस्तै, २४ असारमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरियो । जसअनुुसार माओवादीका जीवन आचार्य, राजेन्द्र कार्की र कांग्रेसका रामकुमार खत्रीलाई मन्त्री नियुक्त गरियो ।

मुख्यमन्त्री थापाले मन्त्रिपरिषद् विस्तार गरी ६ सदस्यीय बनाए पनि आचार्यबाहेक अरूले मन्त्रालयको जिम्मेवारी पाएनन् । मुख्यमन्त्री थापाले आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरे भने बाँकी मन्त्रीहरू बिनाविभागीय रहँदै कार्यकाल सकिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समायोजनका लागि २६ हजार कर्मचारीले अनलाइनमा नाम दर्ता गराए
समायोजनका लागि २६ हजार कर्मचारीले अनलाइनमा नाम दर्ता गराए
नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा
नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा
मतदान गरेपछि बालेन शाहले भने-हाम्रो अवस्था एकदमै राम्रो देखियो
मतदान गरेपछि बालेन शाहले भने-हाम्रो अवस्था एकदमै राम्रो देखियो
Dear White People Creator On Season 2, Twitter Trolls, And That Cliffhanger
Dear White People Creator On Season 2, Twitter Trolls, And That Cliffhanger
US threatens to arrest ICC judges who probe war crimes
US threatens to arrest ICC judges who probe war crimes
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न  महानगर र  वियोन्डबीच सम्झौता
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न महानगर र वियोन्डबीच सम्झौता
महन्थ ठाकुरलाई उपप्रधानमन्त्री सहित सरकारमा आउन प्रम ओलीको प्रस्ताव
महन्थ ठाकुरलाई उपप्रधानमन्त्री सहित सरकारमा आउन प्रम ओलीको प्रस्ताव
इन्द्रावती नदीले खेत कटान
इन्द्रावती नदीले खेत कटान
ओली सरकार ढाल्ने प्रतिपक्ष दलका नेता देउवाको चेतावनी
ओली सरकार ढाल्ने प्रतिपक्ष दलका नेता देउवाको चेतावनी
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?