को बन्ला नेपाल प्रहरीको आइजीपी ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
को बन्ला नेपाल प्रहरीको आइजीपी ?

सारांश

  • काठमाडौं, २८ माघ ।
  • आजै मन्त्रिपरिषद् बैठक बसी नेपाल प्रहरीको २७ औं आइजीपीको टुंगो लाग्ने भएको छ ।
  • विहान बस्ने मन्त्रिपरिषद्को बैठकले ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्येबाट आइजीपी छान्नेछ ।

काठमाडौं, २८ माघ । आजै मन्त्रिपरिषद् बैठक बसी नेपाल प्रहरीको २७ औं आइजीपीको टुंगो लाग्ने भएको छ । विहान बस्ने मन्त्रिपरिषद्को बैठकले ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्येबाट आइजीपी छान्नेछ ।

सोमबार आइजीपीको टुंगो नलगाइएको र मंगलबार टुंग्याएर बुधबार फूली लगाइदिने तयारी भएको छ । आज साँझबाट कार्यवाहकका रुपमा भावी आइजीपीले कमान्ड सम्हाल्नेछन् । उनैले आइजीपी सर्वेन्द्र खनाललाई बिदाई गर्नेछन् ।

वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा डिआइजी ठाकुर ज्ञवाली अगाडि रहेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार मन्त्रिपरिषद्मा ज्ञवालीलाई आइजीपी बनाउने प्रस्ताव तयार भइसकेको छ । आइजीपीमा वरिष्ठतम डिआइजीहरु ठाकुर ज्ञवाली, तारिणी लम्साल र सूर्यप्रसाद उपाध्याय प्रतिष्पर्धामा छन् ।

नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल आजबाट ३० वर्षे सेवावधि पूरा गरी अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित तीनजना डिआइजीहरु पुष्कर कार्की, ठुले राई र धीरु बस्न्यातसहित उक्त ब्याचका १७ डिआइजीले अनिवार्य अवकाश पाउनेछन् ।

२१ जना उच्च प्रहरी अधिकृतहरु सेवानिवृत्त हुनेवित्तिकै तीन एआइजी, दुई दर्जन डिआइजीसहितका पदहरु रिक्त हुनेछन् । प्रहरी नियमावली अनुसार हालका आइजीपी ज्ञवाली पाँच महिना आइजीपी बन्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
ठूला तेल उत्पादकहरूले किन आपूर्ति घटाउने निर्णय गरे?
ठूला तेल उत्पादकहरूले किन आपूर्ति घटाउने निर्णय गरे?
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
विश्वकप फुटबल २०१८ : ‘बाह्र खेलाडी’विरुद्ध ‘हार्न बिर्सिएको’ टोली
विश्वकप फुटबल २०१८ : ‘बाह्र खेलाडी’विरुद्ध ‘हार्न बिर्सिएको’ टोली
देउवाले गरे जनताका पक्षमा नयाँ निर्णय !
देउवाले गरे जनताका पक्षमा नयाँ निर्णय !
नेपाली चलचित्र ‘राम कहानी’ काे ट्रेलर सार्वजनिक
नेपाली चलचित्र ‘राम कहानी’ काे ट्रेलर सार्वजनिक
गभर्नरको हस्ताक्षर र नम्बर बिना कसरि बजारमा अायाे ५० रुपियाँको नयाँ नोट?
गभर्नरको हस्ताक्षर र नम्बर बिना कसरि बजारमा अायाे ५० रुपियाँको नयाँ नोट?
सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा
सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको  ज्यान गयाे
गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको ज्यान गयाे

तपाईंले छुटाउनुभयो कि?