महाथिरद्वारा ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने प्रतिवद्धता

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
४८ पटक हेरिएको
Shares
महाथिरद्वारा ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने प्रतिवद्धता

सारांश

  • क्वालालाम्पुर, मलेसिया, ३१ वैशाख ।
  • अघिल्लो सरकारद्वारा निर्वाचनका समय हतारमा ल्याएको विवादास्पद ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर मोहमदले आइतबार प्रतिवद्धता जनाउनुभएको छ ।
  • अप्रिलको शुरूतिर मलेसियाली पूर्व नेतृत्वले ‘गलत सूचनालाई फैलाउने अभिप्रायले दिइने समाचार अर्थात् ‘फर्जी खबर’ छाप्ने वा प्रशारण गर्ने व्यक्ति वा संस्थालाई भारी जरीवानासहित छ वर्षसम्मको सजायँ’ हुने कानूनलाई पास गरेको थियो भने विपक्षीको विचारलाई नियन्त्रण गर्ने उद्देश्यबाट अभिप्रेरित कानून भन्दै यसको मानव अधिकारवादी समूहबाट व्यापक आलोचना हुँदै आएको छ ।

क्वालालाम्पुर, मलेसिया, ३१ वैशाख । अघिल्लो सरकारद्वारा निर्वाचनका समय हतारमा ल्याएको विवादास्पद ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर मोहमदले आइतबार प्रतिवद्धता जनाउनुभएको छ ।

अप्रिलको शुरूतिर मलेसियाली पूर्व नेतृत्वले ‘गलत सूचनालाई फैलाउने अभिप्रायले दिइने समाचार अर्थात् ‘फर्जी खबर’ छाप्ने वा प्रशारण गर्ने व्यक्ति वा संस्थालाई भारी जरीवानासहित छ वर्षसम्मको सजायँ’ हुने कानूनलाई पास गरेको थियो भने विपक्षीको विचारलाई नियन्त्रण गर्ने उद्देश्यबाट अभिप्रेरित कानून भन्दै यसको मानव अधिकारवादी समूहबाट व्यापक आलोचना हुँदै आएको छ ।

मलेसियामा विगत ६१ वर्ष सत्ता चलाएकको पूर्व प्रधानमन्त्री नाजिव रजाकको ‘बारिसन नेशनल कोलिसन’ ले विपक्षीको आवाज नियन्त्रण गर्ने उद्देश्यबाट उक्त कानून आएको भन्दै मुलुकभर विरोधका स्वर गुन्जिएका थिए ।

मलेसियाको प्रधानमन्त्रीका रूपमा २२ वर्ष शासन गरी मलेसियाको विकासमा उल्लेख्य योगदान पु¥याउनुभई सन् २००३ मा नेतृत्व छोडेपनि ९३ वर्षको उमेरमा हालै पुन प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री महाथिरले ‘फर्जी समाचार’ कानूनलाई समीक्षा गरी प्रष्टरूपमा परिभाषित गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “फर्जी समाचार कानूनलाई थप परिभाषित गरी प्रष्ट बनाइने छ ।”
“जनता र सञ्चारमाध्यमले के फर्जी समाचार हो र के होइन बुझ्ने गरी परिभाषित गर्ने पहल मैले लिनेछु,” प्रधानमन्त्री महाथिरले राष्ट्रिय टेलिभिजनमार्फत देशबासीलाई गरेको सम्बोधनमा भन्नुभयो ।

सही समाचारले सरकारलाई असहज गर्ने भएपनि आँफूले प्रेसमाथि कुनै नियन्त्रण नगर्ने र पूर्ण प्रेस स्वतन्त्रताका लागि सहयोग गर्ने उहाँले सम्बोधनमा बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी प्रेस स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा काम गर्ने छौँ तर सवैको सीमा त रहन्छ नै ।”
मलेसियामा ‘झूटा समाचार’ कानून कार्यान्वयनका कारण अहिलेसम्म एक डेनिस नागरिकलाई एक हप्ता सुरक्षा नियन्त्रणमा राखिएको थियो । प्यालेष्टिनी हमास समूहका सदस्यलाई क्वालालाम्पुरमा गोली हानी हत्या गरेको समाचारलाई लिएर उनीमाथि कारबाही भएको थियो ।
मलेसियालाई सन् २०१८ मा विश्व प्रेस स्वतन्त्रता सूचिमा सुचिकृत १८० मुलुकमध्ये १४५ औँ स्थानमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ : प्रदेश प्रमुख
बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ : प्रदेश प्रमुख
राजतन्त्रको मुद्दा वैधानिक रूपमा परित्याग गर्दै पार्टी एकता गर्दै तीन राप्रपा !
राजतन्त्रको मुद्दा वैधानिक रूपमा परित्याग गर्दै पार्टी एकता गर्दै तीन राप्रपा !
आजदेखि अन्तराट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने
आजदेखि अन्तराट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
प्रधानमन्त्री ओलीले गरे, गोबरग्यास प्लान्ट को उद्घाटन
प्रधानमन्त्री ओलीले गरे, गोबरग्यास प्लान्ट को उद्घाटन
राष्ट्रियसभा निर्वाचन सम्पन्‍न नभएसम्म एमालेको यस्तो उर्दी !
राष्ट्रियसभा निर्वाचन सम्पन्‍न नभएसम्म एमालेको यस्तो उर्दी !
पूर्व ज्ञानेन्द्रलाई नभेटेको प्रचण्डको स्पष्टीकरण
पूर्व ज्ञानेन्द्रलाई नभेटेको प्रचण्डको स्पष्टीकरण
आज तोलामा दुईसयले घट्यो सुनको मूल्य
आज तोलामा दुईसयले घट्यो सुनको मूल्य
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?
सार्वजनिक विदा फिर्ता लिन माग
सार्वजनिक विदा फिर्ता लिन माग