कर्मचारीलाई कोरोना, बैंक खाली गराएर कर्मचारीलाई बिदा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
४३ पटक हेरिएको
Shares
कर्मचारीलाई कोरोना, बैंक खाली गराएर कर्मचारीलाई बिदा

सारांश

  • एजेन्सी, फागुन १ ।
  • सिङ्गापुरको डीबीएस बैंकका एक जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ।
  • कोरोनाको सङ्क्रमण पाइएपछि बैंक खाली गराइएको छ र कर्मचारीहरुलाई बिदा दिइएको छ।

एजेन्सी, फागुन १ । सिङ्गापुरको डीबीएस बैंकका एक जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ। कोरोनाको सङ्क्रमण पाइएपछि बैंक खाली गराइएको छ र कर्मचारीहरुलाई बिदा दिइएको छ। डीबीएस बैंकको एक तलामा तीन सय जना कर्मचारी काम गरिरहेका थिए।

ती सबै कर्मचारीलाई बुधबारदेखि छुट्टी दिइएको छ। यो बैंक ’मरीना बे पाइनेन्सियल सेन्टर’ को ४३औँ तलामा रहेको छ। यसअघि सिङ्गापुरमा कोरोना भाइरसको ४७ घटना सार्वजनिक भइसकेका छन्। चीनपछि कोरोना भाइरसको घटना यो सबैभन्दा धेरै हो।

साथै कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै चीनमा आउँदो १९ अप्रिलमा हुने भनिएको फर्मुला वान रेस पनि स्थगित गरिएको छ। यो रेस सञ्चालन गर्ने निकाय एफआईएले भनेको छ, ‘कर्मचारी, प्रतियोगी र दर्शकको स्वास्थ्य र सुरक्षालाई सुनिश्चित गर्न यस्तो उपाय अपनाइएको हो।

अवस्था सुध्रँदै गएपछि नयाँ तारिख तय गरिनेछ।’चीनमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या झण्डै ४४ हजार पुगेको छ। अन्य २० भन्दा बढी देशमा पनि यसको सङ्क्रमण पाइएको छ।

यसैबीच चीनमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या घट्न थालेका छन्। सङ्क्रमित हुनेको सङ्ख्या घटे पनि कोरोना भाइरसको महामारी तत्काल अन्त्य हुने घोषणा गर्न अहिले धेरै चाँडो हुने विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले जनाएको छ।

खवर संवाददाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश १ सरकारले ४०करोडको सवारीसाधन किन्ने मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड मात्र बजेट
प्रदेश १ सरकारले ४०करोडको सवारीसाधन किन्ने मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड मात्र बजेट
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
कञ्चनपुरकि निर्मला पन्त बोकेर हिड्ने यी बाईकहरु !
कञ्चनपुरकि निर्मला पन्त बोकेर हिड्ने यी बाईकहरु !
विप्लवलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन
विप्लवलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन
समस्या समाधानका लागि सत्तापक्षसँग वार्ता गर्न तयार छु : अध्यक्ष ओली
समस्या समाधानका लागि सत्तापक्षसँग वार्ता गर्न तयार छु : अध्यक्ष ओली
एयर होस्टेज हुँ भन्दै ठग्ने पक्राउ
एयर होस्टेज हुँ भन्दै ठग्ने पक्राउ
नेकपाले कसरी लगायो ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो?
नेकपाले कसरी लगायो ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो?
धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प
धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प
1XBET Azerbaycan İdman üzrə onlayn mərclər ᐉ Bukmeker şirkəti 1xBet giriş ᐉ aze 1xbet c
मतदान सुरु हुने बित्तिकै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागदौड
मतदान सुरु हुने बित्तिकै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागदौड