बिहारमा आलु रहे पनि लालु चले हजारीबाग जेल
सारांश
- एजेन्सी, २२ पुस ।
- चारा घोटाला काण्डको मुद्दामा शनिवार सीबीआइको स्पेशल कोर्टले बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसहित १६ जनालाई जेल सजाय सुनाएको छ ।
- “जब तक समोसे मे आलु रहेगा, तब तक बिहार मे लालु रहेगा” भनेर भाषण गर्ने लालुको बिहारमा आलु रहेतापनि लालु भने साढे ३ वर्ष जेलमा रहनेछन् ।
एजेन्सी, २२ पुस । चारा घोटाला काण्डको मुद्दामा शनिवार सीबीआइको स्पेशल कोर्टले बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसहित १६ जनालाई जेल सजाय सुनाएको छ । “जब तक समोसे मे आलु रहेगा, तब तक बिहार मे लालु रहेगा” भनेर भाषण गर्ने लालुको बिहारमा आलु रहेतापनि लालु भने साढे ३ वर्ष जेलमा रहनेछन् ।
हाल ६९ वर्षीय लालप्रसाद यादवलाई साढे ३ वर्ष जेल र ५ लाख जरिवानाको फैसला सुनाइएको छ । उनले ५ लाख जरिवाना नतिरेको अवस्थामा उनलाई थप ६ महिना जेलमा राखिने छ । आज सबै १६ जना अभियुक्तहरुले राँचीको बिरसा मुन्डा जेलमा भिडियो कन्फरेन्समार्फत सँगै बसेर न्यायाधीश शिवपाल सिंहको फैसला सुनेका थिए । समाचार एजेन्सीहरुका अनुसार अदालतले लालुप्रसाद यादवसहित सबै १६ जनालाई हजारीबाग जेलमा पठाउन सिफारिश गरेको छ ।
कसलाई कति वर्ष सजाय र जरिवाना ?
साढे ३ वर्ष जेल र ५ लाख जरिवाना
१ लालू प्रसाद यादव, मुख्यमन्त्री, बिहार
२ फूलचन्द सिंह, पूर्व आइएएस अधिकृत
३ महेशप्रसाद, पूर्व आइएएस अधिकृत
४ बेक जूलियस, पूर्व आईएएस अधिकृत
५ सुनीलकुमार सिन्हा, चारा सप्लायर
६ सुशीलकुमार सिन्हा, चारा सप्लायर
७ राजाराम जोशी, चारा सप्लायर
८ सुबीर भट्टाचार्य, भेटनरी डाक्टर
९ आरके राणा, राजनीतिज्ञ
१० कृष्णकुमार, सरकारी अधिकृत
७ वर्ष जेल र १० लाख जरिवाना
१ जगदीश शर्मा, राजनीतिज्ञ
२ सुनील गान्धी, चारा सप्लायर
३ त्रिपुरारी मोहन प्रसाद, चारा सप्लायर
४ गोपीनाथ दास, चारा सप्लायर
सात वर्ष जेल सजाय मात्र
१ संजय अग्रवाल, चारा सप्लायर
२ ज्योतिकुमार झा, चारा सप्लायर
प्रतिक्रिया