क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्रेर अभद्र व्यवहारको मुद्दा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७९
|
|
३५ पटक हेरिएको
Shares
क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्रेर अभद्र व्यवहारको मुद्दा

सारांश

  • प्रहरीले ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरलाई आफु अनुकूल व्याख्या गर्दै आएको छ ।
  • सो कानुनको दुरुपयोग गरेर प्रहरीले गम्भिर मुद्दामा पक्राउ परेकालाई पनि प्रमुख जिल्ला अधिकारीबाट म्याद लिन र मुद्दा टुंग्याउन मिल्ने सो कसुरमा आरोपीलाई हिरासतमा राख्ने गरेको छ ।
  • असार २९ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नुवाकोटका अमित श्रेष्ठलाई पक्राउ गरेको थियो ।

प्रहरीले ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरलाई आफु अनुकूल व्याख्या गर्दै आएको छ । सो कानुनको दुरुपयोग गरेर प्रहरीले गम्भिर मुद्दामा पक्राउ परेकालाई पनि प्रमुख जिल्ला अधिकारीबाट म्याद लिन र मुद्दा टुंग्याउन मिल्ने सो कसुरमा आरोपीलाई हिरासतमा राख्ने गरेको छ ।

असार २९ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नुवाकोटका अमित श्रेष्ठलाई पक्राउ गरेको थियो । तर, ४० वर्षीय श्रेष्ठलाई प्रहरीले सो मुद्दामा अनुसन्धान गरेको छैन । उनलाई अभद्र व्यवहार मुद्दामा फाइल अघि बढाउन भन्दै अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ । अहिले श्रेष्ठ अभद्र व्यवहार गरेको कसुरमा काठमाडौं प्रहरीको हिरासतमा छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईले आरोपी श्रेष्ठको ल्यापटप परीक्षणका लागि फरेन्सिक ल्यावमा पठाइएको रातोपाटीलाई बताए । भट्टराईले भने– ‘ल्याबको रिपोर्ट नआउन्जेल आरोपीलाई अभद्रमा थुनामा राख्न भनिएको छ ।’

करोडौं क्रिप्टोकरेन्सी कारोबार गरेको भन्दै प्रहरीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको थियो । पानीपोखरीस्थित उनको घरमा अनुसन्धान कार्यालयको जम्बो टोलीले छापा मारेको थियो । उनलाई सो मुद्दा अनुसन्धान गर्नुको साटो अभद्र व्यवहार गर्न नहुने कसुरमा मुद्दा अघि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन: रास्वपा
भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन: रास्वपा
लुम्बिनी प्रदेशमा प्रतिपक्ष दल एमाले र सरकारबीच सहमति
लुम्बिनी प्रदेशमा प्रतिपक्ष दल एमाले र सरकारबीच सहमति
नङ नकाटी भत्ता बुझ्न आउनेलाई भत्ता नदिइने !
एमाले शीर्ष नेताहरूको छलफल: नयाँ मोडालिटीमा प्रचण्डसँग ‘निर्णायक वार्ता’
एमाले शीर्ष नेताहरूको छलफल: नयाँ मोडालिटीमा प्रचण्डसँग ‘निर्णायक वार्ता’
बौद्धनाथ परिसरमा शेर्पा संघको रक्तदान
बौद्धनाथ परिसरमा शेर्पा संघको रक्तदान
प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार
प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार
बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज र मिस एवम मिस्टर शेर्पाको रक्तदान, १७७ जना सहभागि
बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज र मिस एवम मिस्टर शेर्पाको रक्तदान, १७७ जना सहभागि
नागढुंगा सुरुङमार्गः अर्को साउनदेखि गुड्नेछन् गाडी
नागढुंगा सुरुङमार्गः अर्को साउनदेखि गुड्नेछन् गाडी
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सन्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सन्चालनमा
राप्रपा राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ कांग्रेस प्रवेश
राप्रपा राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ कांग्रेस प्रवेश

तपाईंले छुटाउनुभयो कि?