एकीकृत समाजवादीले थप्यो पदाधिकारी, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद रहने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १३, २०८१
|
|
२४ पटक हेरिएको
Shares
एकीकृत समाजवादीले थप्यो पदाधिकारी, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद रहने

सारांश

  • काठमाडौं।
  • नेकपा (एकीकृत समाजवादी)ले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटीको संख्या २९९ सदस्यीय बनाउने निर्णय गरेको छ।
  • पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले केन्द्रीय कमिटीको संख्या १९९ बाट बढाउँदै २९९ सदस्यीय बनाउने निर्णय गरेको हो।

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटीको संख्या २९९ सदस्यीय बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले केन्द्रीय कमिटीको संख्या १९९ बाट बढाउँदै २९९ सदस्यीय बनाउने निर्णय गरेको हो।

केन्द्रीय पदाधिकारीको संख्या २१ जना हुने र सम्मानीत नेताको पद कायमै राख्दै वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय बैठकले गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। त्यस्तै केन्द्रीय उपाध्यक्षमा एक महिलाको सिट सुरक्षित रहने उनले बताए।

प्रवक्ता खतिवडाले महाधिवेशनमा सर्वसम्मत नेतृत्वको लागि पहल गर्ने र त्यसका लागि कुनै पदले महत्वपूर्ण सहायता पर्‍याए त्यसतर्फ पनि जानसक्ने उल्लेख गरे। सबै पहल गर्दा पनि निर्वाचनमा जानुपर्ने अवस्था आए त्यसका लागि तयार रहेको उनको भनाइ छ।

पार्टी सचिवालय बैठकले महाधिवेशनमा केही कम्युनिष्ट विशिष्ट नेताहरूलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए। नेकपा एकीकृत समाजवादीको केन्द्रीय महाधिवेशन असार १६ देखि काठमाडौंमा सुरु हुँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी नेताहरूले हस्ताक्षर गरेकाे यस्ताे छ १३ बुँदे सहमति
माओवादी नेताहरूले हस्ताक्षर गरेकाे यस्ताे छ १३ बुँदे सहमति
सरकारले बाँड्याे कार्यकर्तालार्इ निर्वाचनकाे मुखमा  १६ कराेड
सरकारले बाँड्याे कार्यकर्तालार्इ निर्वाचनकाे मुखमा १६ कराेड
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
मेलम्चीको पानी काठमाडौँ आउँदै, पानी आउन २० देखि २१ दिन लाग्ने
मेलम्चीको पानी काठमाडौँ आउँदै, पानी आउन २० देखि २१ दिन लाग्ने
काठ व्यापारीसँग दुई लाख घुस उठाएर काठमाडौं पस्न खोज्दा‘
काठ व्यापारीसँग दुई लाख घुस उठाएर काठमाडौं पस्न खोज्दा‘
‘कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ’
‘कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ’
कांग्रेस पदाधिकारी बैठक २ बजे, महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल
कांग्रेस पदाधिकारी बैठक २ बजे, महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Is normally Online Dating Worth the money?
विश्वकप छनोटको उपाधि नेदरल्याण्डको पोल्टामा
विश्वकप छनोटको उपाधि नेदरल्याण्डको पोल्टामा

तपाईंले छुटाउनुभयो कि?