खरले छाएको घरमा आगलागी
सारांश
- दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ ।
- आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।
- आगलागीबाट घरमा रहेको अन्नपापत, भाँडावर्तनलगायतका सामग्री जल्दा रु एक लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो ।
दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।
आगलागीबाट घरमा रहेको अन्नपापत, भाँडावर्तनलगायतका सामग्री जल्दा रु एक लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । उहाँका अनुसार आगो बिहान २ः०० बजेतिर नियन्त्रणमा लिइएको थियो । दाङमा प्रायः खरले छाएका घरमा आगलागी हुने समस्या रहेको छ । फुसले छाएका घरहरु हटाउने अभियानमा यहाँका जनप्रतिनिधि क्रियाशील रहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया