मलेसियामा नेपालीको तलब बढ्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
४१ पटक हेरिएको
Shares
मलेसियामा नेपालीको तलब बढ्ने

सारांश

  • काठमाडौं ।
  • अबदेखि नेपालबाट रोजगारीका लागि मलेसिया जाने कामदारको मासिक तलब बढ्ने भएको छ ।
  • मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गर्दै जानकारी समेत गराएको छ ।

काठमाडौं । अबदेखि नेपालबाट रोजगारीका लागि मलेसिया जाने कामदारको मासिक तलब बढ्ने भएको छ । मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गर्दै जानकारी समेत गराएको छ ।

आगामी जनवरीदेखि ५० रिंगिट मासिक रकम बढाउने भएको हो । मलेसियामा काम गर्ने नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५० रिंगिट पाउनेछन् । मलेसियाका विभिन्न निर्माण, उत्पादन, कृषि, सेवा, सुरक्षा लगायतका क्षेत्रमा गरी करिब ५ लाख नेपालीले काम गर्छन् ।

मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

हाल मलेसियाका कतिपय स्थानमा न्यूनतम मासिक पारिश्रमिक हजार रिंगिट छ भने सावाह र सारावक क्षेत्रमा काम गर्नेहरुका लागि ९२० रिंगिट तलब दिने गरिएको छ ।

मलेसियाको वर्तमान सरकारको गठबन्धन पाकातन हरापनले गत मे ९ को १४ औं आमनिर्वाचनको आफ्नो चुनावी प्रतिवद्धतापत्रमै निजी क्षेत्रमा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक बढाएर १५ सय रिंगिट पुर्याइने बाचा गरेका थिए । चुनावी प्रतिवद्धतापत्रमा लेखिएभन्दा निकै कम रकममात्र बढाइने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?