भित्ते राष्ट्रपति प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषय छाड्नु भयो: बाबुराम भट्टराई
सारांश
- ललितपुर, १२ मंसिर।
- नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.
- बाबुराम भट्टराईले पुराना पार्टीहरुबाट समृद्धि सम्भव नभएको बताएका छन्।
ललितपुर, १२ मंसिर। नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टीहरुबाट समृद्धि सम्भव नभएको बताएका छन्।
ललितपुरको प्याङगाउँमा मंगलबार नयाँ शक्ति पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले ठूला पार्टीका शीर्ष नेताहरु अरबौंका अनियमितता काण्डसँग जोडिएकोले उहाँहरुको नेतृत्वमा समृद्धि सम्भव नभएको बताए।
‘म दावीका साथ भन्न सक्छु, तीन पार्टीका शीर्ष नेताहरु अरबौं अनियमितताका खेलहरुमा सहभागी छन्,’ उनले भने, ‘चुहिने भाँडोमा पानी हालेर भाँडो भरिन्नँ । भ्रष्टाटारको अन्त्य समृद्धिको अर्को महत्वपूर्ण शर्त रहेको उहाँको तर्क थियो ।
संयोजक भट्टराईले माओवादीलाई एमालेमा विलिन गराएपछि आफ्ना पूर्वसहकर्मी प्रचण्डले जननिर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा छाडेको बताए।
‘एकपटक भित्ते राष्ट्रपतिको रुपमा चर्चित मेरा मित्र प्रचण्डजीले पार्टीलाई एमालेसँग विलिन गरेसँगै कार्यकारी राष्ट्रपतिको मुद्दा छाडिदिनुभयो,’ उनले भने, ‘उहाँहरुको घोषणापत्र हेर्नुहोस्, उक्त एजेण्डा नै गायव छ ।’
कांग्रेसका लागि संसदीय व्यवस्था नै सर्वोपरि भएकोले उनीहरुबाट शासकीय स्वरुप परिवर्तनको अपेक्षा नभएको उनको तर्क थियो । उनले भने, ‘कांग्रेसको लागि चिसो भनेको कोकाकोला भनेजस्तै संसदीय व्यवस्था भनेकै सर्वोपरि छ, उनीहरुबाट यो अपेक्षा थिएन ।’
विगत २५ वर्षमा २६ वटा सरकार र १० वर्षमा १० सरकार बनेको उदाहरण दिँनुहुँदै संयोजक भट्टराईले अहिलेको संविधानमा भएको गलत शासकीय स्वरुप सच्याउन संविधान संशोधन गर्नुपर्ने तर्क गरे।
‘नयाँ शक्ति मात्रै यस्तो पार्टी हो, जसले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डालाई दृढतापूर्वक उठाएको छ,’ उनले भने, ‘हामी संसद पूर्ण समानुपातिक र राष्ट्रपति पूर्ण कार्यकारी बनाउने र संसदभन्दा बाहिरबाटै मन्त्रि हुने व्यवस्थाको वकालत गरिरहेका छौं ।’
उनले नयाँ शक्तिले अगाडि सारेको शासकीय स्वरुपले राजनीतिक स्थिरता पनि हासिल हुने र खर्चिलो चुनावी दुश्चक्रबाट पनि मुलुकलाई बाहिर निकाल्न सकिने बताए।
Shiv Sharma
Bitye rastrabati tapai jastale nai banayer manne ho janatale ta hoin ni.
Tilak Poudel
उतिबेला आफैले होईन भित्ते राष्ट्रपती बनाएको ? अहिले होच्च्याएर बोल्ने ?
Ganeshh Shrestha
Yo mulaa.babu raam ko.k.buddhi xa ra kailee madse ko langauti samatna pugxa kailee rukh ko hangaa samatna
Rajendra Sapkota
ganeshh shreshtha jee baburam kharab hun ma manxu baburam vanda ashal lharab patraka manxea vetra dhakaunusta
Bhattarai Bhawani Prasad
डा साहेब त्यो हामिले भन्दा केही हद सम्म सुहाउला तर तपाइले त्यो भन्न दुहाउदैन । उनी तपाइको सहयात्री थिए ! त्यो तपाइले पनि स्विकार्नु भएको थियो ! अहिले तपाइँ पानी माथिको ओभानु बन्न नखोज्नु होस !
Rajendra Sapkota
yo parsad jee chunabe talmel ho khatit akata hona naya sakti lea afno ajanda xadako xina
Kiran Paudyal
Congressi ko vote pugyo aba Dr saab ….sattosaraap garna suru bhayechha ????
Prabhash Parajuli
तिम्रो नया शक्ति पार्टी प्रचन्डपथ यकता केन्द्र जनमोर्चा नेपाल दलित उत्पिडित महिला मूस्लिम थारू मधेसि यक मधेस यक प्रदेस र नेपाल लाइ भारत वा चिन सॅग मीलाउने योजना र तिम्रै अर्धाङगिनि किचिला यामी कता गइन पियचडि होल्डर बाबूराम भारूराम दारूराम ।