आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सारांश
- काठमाडौँ ।
- अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो ।
काठमाडौँ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुनको मूल्यसमेत आज तोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य भने आज तोलामा ४० रुपैयाँले बढ्दै १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया