खानेपानी संस्थानको सिंहदरबारभित्र जारको पानी व्यापार
सारांश
- काठमाडौं, १७ साउन ।
- काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका बेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ ।
- संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै व्यापार सुरु गरेको हो ।
काठमाडौं, १७ साउन । काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका बेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ ।
संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै व्यापार सुरु गरेको हो । उसले हाल गृह मन्त्रालयलगायत अन्य केही कार्यालयमा जारको पानी बेचिरहेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले आफूहरूले उत्पादन गरेको पानीको माग बढेको बताए । तर, जनशक्ति अभावका कारण दैनिक १ सय ५० जार मात्रै उत्पादन गर्दै आएको बताए । “माग त धेरै छ, तर मागअनुसार उत्पादन गर्न सकिएको छैन”, उनले भने, “कम्तीमा सिंहदरबारलाई पुग्ने गरी उत्पादन गर्ने लक्ष्य लिएका छौँ ।”
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया