जेलमा सेक्स सुविधा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
जेलमा सेक्स सुविधा

सारांश

  • काठमाडौं ।
  • कारागार व्यवस्थापन विभागले जेलका कैदीलाई सेक्स आनन्द दिन कोठा बनाउने काम पनि थपिएको छ ।
  • आफ्ना पार्टनर छन् भने जेल प्रशासनले कोठा दिनेछ र ७ दिनसम्म सेक्स आनन्द लिन पाइने भएको छ ।

काठमाडौं । कारागार व्यवस्थापन विभागले जेलका कैदीलाई सेक्स आनन्द दिन कोठा बनाउने काम पनि थपिएको छ । आफ्ना पार्टनर छन् भने जेल प्रशासनले कोठा दिनेछ र ७ दिनसम्म सेक्स आनन्द लिन पाइने भएको छ । यस्तो व्यवस्था संसारका अन्य मुलुकमा छ कि छैन कुन्नी, नेपालमा त्यो व्यवस्था तत्काल हुने भएको छ ।
सर्वोच्च अदालतले सन्तान नभएकालाई प्रजनन अधिकार दिने फैसला गरेपछि कारागार व्यवस्थापन विभागले सन्तान नभएका तर पार्टनर भएकालाई जेलमै कोठा बनाइदिएर सेक्स गर्ने छुट दिन लागेको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक छन् कृष्णचन्द्र घिमिरे, उनले लोग्ने जेलमा भए स्वास्नी र स्वास्नी जेलमा भए लोग्नेलाई जेलमै बोलाएर ७ दिन सँगै बस्ने सुविधा मिलाउन लागेको जानकारी दिए ।
अव जेलमै कैदीबन्दीलाई प्रजनन अधिकार दिनका लागि विशेष कोठा निर्माण गरिनेछ र कैदीबन्दीले समागमको मजा लिन र प्रजनन गर्ने गराउने अधिकार उपयोग गर्न पाउने छन् । तर यो अधिकार सन्तान भएकाले भने पाउने छैनन् । पैसावाला कैदी बन्दीले यो सुविधाको दुरुपयोग नगर्लान् भन्न सकिन्छ र ? प्रशासन यही हो क्यार ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

जेलमा सेक्स सुविधा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
० पटक हेरिएको
Shares

सारांश

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?