सहिद परिवारकाे आशिर्वाद लिएर चुनावी प्रचारप्रसारमा !
सारांश
- जाजरकोटमा वाम गठवन्धनका उम्मेदवारहरुले सहिद परिवारको आशिर्वाद लिएर प्रचारमा जुटेका छन् ।
- भेरि नगरपालिका वडा १ पिपेका सहिद परिवारलाई भेटेर प्रचार सुरु गरिएको प्रदेश सभाका लागि जाजरकोट क्षेत्र १ का उम्मेदवार गणेश प्रसाद सिंहले जानकारी दिए ।
- सहिद परिवारले सहिदका सपना पूरा गर्न उम्मेदवारलाई आग्रह गरेको सिंहले बताए ।
जाजरकोटमा वाम गठवन्धनका उम्मेदवारहरुले सहिद परिवारको आशिर्वाद लिएर प्रचारमा जुटेका छन् । भेरि नगरपालिका वडा १ पिपेका सहिद परिवारलाई भेटेर प्रचार सुरु गरिएको प्रदेश सभाका लागि जाजरकोट क्षेत्र १ का उम्मेदवार गणेश प्रसाद सिंहले जानकारी दिए ।सहिद परिवारले सहिदका सपना पूरा गर्न उम्मेदवारलाई आग्रह गरेको सिंहले बताए । साथै चुनावी प्रचार प्रसारका क्रममा सहिद परिवार, कार्यकर्ता र स्थानीयवासीले माओवादी र एमालेको पार्टी एकता लाई निष्कर्षमा पु¥याउन दबाब दिएको उम्मेद्वार सिंहले बताए ।पिपे जनयुद्धको समयमा निकै ठूलो जनधनको क्षति भएको ठाउँ हो । सरकारले नमुना बस्ती रुपमा पिपेलाई विकास गर्न विभिन्न सहयोग गर्दै आएको छ । सहिद परिवारले भने अझै सम्म न्याय नपाएको दावी गरेका छन् ।
साभार (नयापत्रिका राष्टिय दैनिक)
प्रतिक्रिया