गगन थापा र रामशरण महतलाई बम हान्ने एकै व्यक्ति !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
गगन थापा र रामशरण महतलाई बम हान्ने एकै व्यक्ति !

सारांश

  • नुवाकोट, पुस २५ ।
  • सम्पन्न भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटमा उम्मेदवारलाई लक्षित गरी बम पड्काएको अभियोगमा प्रहरीले लिखु गाउँपािलका–६, थानापतीका राजीव तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
  • प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं ‘ख’ का उम्मेदवार रमेश महतलाई लक्षित गर्दै बम विस्फोट गराएको अभियोगमा पक्राउ परेका तामाङलाई सोमबार नुवाकोट जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

नुवाकोट, पुस २५ । सम्पन्न भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटमा उम्मेदवारलाई लक्षित गरी बम पड्काएको अभियोगमा प्रहरीले लिखु गाउँपािलका–६, थानापतीका राजीव तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं ‘ख’ का उम्मेदवार रमेश महतलाई लक्षित गर्दै बम विस्फोट गराएको अभियोगमा पक्राउ परेका तामाङलाई सोमबार नुवाकोट जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

३२ वर्षका तामाङलाई ककनीको थानाभञ्ज्याङमा गएको मंसिर १ गते बम विस्फोट गराउन संलग्न भएको अभियोगमा काठमाडौँको प्रहरी नियन्त्रणबाट नुवाकोट प्रहरीले जिल्ला ल्याएको हो । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको युवा संगठनमा आबद्ध तामाङ बम पड्काउन घटनास्थल थानाभञ्ज्याङमा आएको मोबाइल नेटवर्कको आधारमा नियन्त्रणमा लिएकाले थप प्रमाण जुटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा तामाङको भूमिका बम लिएर घटनास्थलमा पुग्ने र पड्काउने भूमिका देखिएको प्रहरीको दाबी छ । काँग्रेसका उम्मेदवार महतद्वय चढेको गाडी लक्षित गरी बम विस्फोटन गराउँदा उनीहरु सुरक्षित रहे पनि पाँच जना गम्भीर घाइते भएका थिए । तामाङलाई गएको मंसिर १७ गते काठमाडौँमा काँग्रेसका उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम विस्फोट गराएको अभियोगमा प्रहरीले हातहतियारसहित पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाएको थियो ।

नुवाकोट प्रहरी प्रमुख कुँवरका अनुसार काठमाडौं अदालतबाट धरौटीमा रिहा भएपछि नुवाकोट घटनामा संलग्न रहेका तामाङलाई प्रहरी नियन्त्रणबाट यता ल्याइएको हो । ककनी बम विस्फोटमा संलग्न प्रारम्भिक अनुसन्धानमा आठजना देखिएकाले अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेकालाई अदालतमा ज्यान मार्ने उद्योग मुद्दाको अभियोगपश्चात् बम विस्फोटसम्बन्धी अपराध मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Beda P. Timilsina

    बाम समर्थक हरु आफैले हानेका भन्छन त ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?