फिल्मी दुनियाँका चार्लीको जीवन काहानी यस्तो

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०७४
|
|
६३५ पटक हेरिएको
Shares
फिल्मी दुनियाँका चार्लीको जीवन काहानी यस्तो

सारांश

  • फिल्मी दुनियाँमा चार्ली एक अमर नाम हो ।
  • धेरैका आदर्श कलाकार चार्ली चाप्लिन अप्रिल १६ सन् १८८९ मा लण्डनमा जन्मिएका हुन् ।
  • चालीर्को बाल्यकाल निकै अप्ठ्यारोसँग वितेको थियो ।

फिल्मी दुनियाँमा चार्ली एक अमर नाम हो । धेरैका आदर्श कलाकार चार्ली चाप्लिन अप्रिल १६ सन् १८८९ मा लण्डनमा जन्मिएका हुन् । चालीर्को बाल्यकाल निकै अप्ठ्यारोसँग वितेको थियो । उनको बाल्यकाल निकै गरिबी र अभावले भरिएको थियो । जँड्याहा बुवाका कारण चार्लीकी आमा पागल बनेकी थिइन् । जसका कारण चार्ली सात वर्षको उमेरमा आश्रम जानु परेको थियो ।

१९४० मा चार्ली चाप्लिनले हिटलरमाथि ‘द ग्रेट डिटेक्टर’ फिल्म बनाएका थिए । यसमा उनले हिटलरको नक्कल गरेर उनको मजाक उडाएका थिए । चार्ली चाप्लिनलाई १९७३ मा ‘लाइम–लाइट’ मा बेस्ट म्युजिकका लागि ओस्कार अवार्ड प्राप्त भएको थियो । यो फिल्म २१ वर्ष पहिले बनेको थियो । तर, यसको प्रदर्शन लस एन्जल्समा सन् १९७२ मा भएको थियो । प्रदर्शनपछि मात्रै यो फिल्म नोमिनेशनमा परेको थियो ।

सन् १९७५ मा महारानी एलिजाबेथ द्वीतियले चार्ली चाप्लिनलाई नाइट अवार्ड दिएकी थिइन् । चार्ली चाप्लिनको निधन ८८ वर्षको उमेरमा सन् १९७७ मा क्रिशमसको दिन भएको थियो । चाप्लिनको शव दाहसंस्कार गरेर गाडिएको ठाउँबाट एक महिनापछि चोरी भएको थियो । उनको परिवारसँग पैसा असुल्न चोरहरुले उनको शव निकालेका थिए ।

एजेन्सी 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?