गैँडा मर्ने क्रम बढेपछि घाँसे मैदान र पोखरी व्यवस्थापनमा जोड

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
४४ पटक हेरिएको
Shares
गैँडा मर्ने क्रम बढेपछि घाँसे मैदान र पोखरी व्यवस्थापनमा जोड

सारांश

  • चितवन, १७ चैत  प्राकृतिक कारणले दुर्लभ एक सिङ्गे गैँडाको मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान र पोखरीको व्यवस्थापनमा जोड दिएको छ ।
  • दुई वर्षअघि आएको बाढीका कारण घाँसे मैदान र पोखरी पुरिएको थियो ।
  • बाढीले पूर्वीक्षेत्रका गैँडालाई बगाएर पश्चिम क्षेत्रमा धेरै पु¥याएको थियो ।

चितवन, १७ चैत  प्राकृतिक कारणले दुर्लभ एक सिङ्गे गैँडाको मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान र पोखरीको व्यवस्थापनमा जोड दिएको छ ।

दुई वर्षअघि आएको बाढीका कारण घाँसे मैदान र पोखरी पुरिएको थियो । बाढीले पूर्वीक्षेत्रका गैँडालाई बगाएर पश्चिम क्षेत्रमा धेरै पु¥याएको थियो । कतिपय गैँडा बगेर भारतसमेत पुगेका थिए । चालू आर्थिक वर्षको हालसम्म प्राकृतिक कारणले निकुञ्जमा मात्रै ३९ वटा गैँडा मरिसकेका छन् ।

चितवन राष्ट्रिय वन क्षेत्रअन्तर्गत दुई वटा थप गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बाढीका कारण घाँसे मैदान र पोखरीहरु पुरिएको बताउनुभयो ।

यससँगै पश्चिम क्षेत्रमा बढी गैँडा भएकाले सो क्षेत्रमा थप घाँसे मैदान व्यवस्थापन र पोखरी निर्माण एवं सरसफाइको काम थालिएको उहाँले बताउनुभयो । ढकालका अनुसार नियमितका अतिरिक्त २०० हेक्टर घाँसे मैदान थप व्यवस्थापन गरिँदैछ ।

निकुञ्जको पश्चिमी क्षेत्रमा रहेको टेम्पल टाइगर र खोरिया मुहानमा एक÷एक सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने काम शुरु भएको छ ।

निकुञ्जले नियमित रुपमा हरेक वर्ष ८० हेक्टर हाराहारी क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने गर्दछ । करीब रु २५ लाख खर्च गरेर यस वर्ष थप २०० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्न लागेको प्रमुख संरक्षण अधिकृत ढकालले बताउनुभयो ।

निकुञ्जमा दश हजार हेक्टर घाँसे मैदान भए पनि बजेटको अभावमा थोरै क्षेत्रमात्र व्यवस्थापन गरिँदै आएको छ । ठूला खरखडाइ र घाँस काट्ने, झाडीहरु सफा गरेर घाँसे मैदान व्यवस्थापन गरिन्छ । यसैगरी ६० वटा पोखरी व्यवस्थापनको काम भइरहेको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिनुभयो । रु एक करोड २० लाख खर्च गरेर पुराना पोखरीभित्रका फोहरहरु निकाल्ने, चाक्लो बनाउने र मर्मत सम्भार गर्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

यसका अतिरिक्त आगो निभाउन र वन्यजन्तुलाई पानी खुवाउन सहज पार्नका लागि थप १० वटा पोखरीे व्यवस्थापनका लागि गृहकार्य भइरहेको प्रमुख संरक्षण अधिकृत ढकालले बताउनुभयो । निकुञ्जभित्र ठूलासाना गरी ८० वटा पुराना पोखरीहरु छन् ।

उहाँले पश्चिमी क्षेत्रमा गैँडा बढी भएको तर घाँस र पानीको अभाव हुन सक्ने देखिएकाले पोखरी र घाँसे मैदान व्यवस्थापनमा जोड दिएको बताउनुभयो । घाँस र पानीका लागि जाँदा एकै ठाउँमा धेरै गैँडा जुधेर र हानेर मर्ने क्रम बढी भएको प्रमुख संरक्षण अधिकृत ढकालको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने
 कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने
मुस्ताङमा ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु
मुस्ताङमा ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु
एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !
एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
को बन्ला आइजिपी ! गृहमन्त्री बादललाई आपत
को बन्ला आइजिपी ! गृहमन्त्री बादललाई आपत
काठमाडौंमा स्मार्ट ट्राफिक लाइट बल्न थाल्यो !
काठमाडौंमा स्मार्ट ट्राफिक लाइट बल्न थाल्यो !
भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी
बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी
गैँडा उद्धारका लागि हात्ती सहितको टोली परिचालन
गैँडा उद्धारका लागि हात्ती सहितको टोली परिचालन
मायाले बाेलायाे बाेलकाे गीत रिलिज ( भिडियो सहित )
मायाले बाेलायाे बाेलकाे गीत रिलिज ( भिडियो सहित )