गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री

सारांश

  • काठमाडौँ, ८ जेठ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १५ गतेको गणतन्त्र दिवसलाई जनताको सहभागितामा विविध कार्यक्रमसहित भव्यरुपमा मनाइने बताउनुभएको छ ।
  • ‘गणतन्त्र दिवस मूल समारोह समिति’ को सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बसेको बैठकलाई सम्बोेधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले गणतन्त्र दिवस मनाउने नाममा औपचारिता मात्र पूरा गर्नेभन्दा पनि जनताको माझमा जनता सँगसँगै बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १५ गतेको गणतन्त्र दिवसलाई जनताको सहभागितामा विविध कार्यक्रमसहित भव्यरुपमा मनाइने बताउनुभएको छ ।

‘गणतन्त्र दिवस मूल समारोह समिति’ को सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बसेको बैठकलाई सम्बोेधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले गणतन्त्र दिवस मनाउने नाममा औपचारिता मात्र पूरा गर्नेभन्दा पनि जनताको माझमा जनता सँगसँगै बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गणतन्त्र दिवस नेपालको इतिहासमा युगान्तकारी दिन भएकाले सबैको सल्लाह र सुझावका आधारमा दिवसलाई व्यवस्थित, सभ्य र भव्य रूपमा मनाउने उहाँको भनाइ छ ।

“कसैले जिल्ने वा हार्नेभन्दा पनि पहिलो चरणको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न हुनु नै देशले जित्नु हो, यो निर्वाचन अत्यन्तै शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न हुनु नै ठूलो कुरा हो” – प्रधानमन्त्री ‘प्रचण्ड’ ले भन्नुभयो ।

पहिलो चरणको निर्वाचन जसरी दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण तरिकाले सम्पन्न गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

बैठकमा सभामुख ओनसरी घर्ती र उपप्रधान ताथ गृहमन्त्री विमलेन्द्र निधिलगायत उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने
बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने
युरोपमा रहेर गायक तुलसी शिवाकोटीले ल्याए ‘राम्री’
युरोपमा रहेर गायक तुलसी शिवाकोटीले ल्याए ‘राम्री’
मौरी चराउन चितवनका किसान चिउरी पाखामा
मौरी चराउन चितवनका किसान चिउरी पाखामा
स्ववियु निर्वाचनको प्रचारप्रसार आजदेखि सुरु
स्ववियु निर्वाचनको प्रचारप्रसार आजदेखि सुरु
वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष
वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष
कमल थापाद्धारा ‘कान्तिपुर कन्क्लेभ’ एकपक्षीय भएको आरोप
कमल थापाद्धारा ‘कान्तिपुर कन्क्लेभ’ एकपक्षीय भएको आरोप
स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी
स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी
मोबाइल चार्ज गर्दा दुई जनाको मृत्यु
मोबाइल चार्ज गर्दा दुई जनाको मृत्यु
भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा
भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा
गठबन्धनका २५ बढी नेता मन्त्रीका आकांक्षी, माओवादीबाट बढी  (नामसहित)
गठबन्धनका २५ बढी नेता मन्त्रीका आकांक्षी, माओवादीबाट बढी (नामसहित)

तपाईंले छुटाउनुभयो कि?