कोरोना संक्रमणबाट आज २६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २६, २०७७
|
|
३६ पटक हेरिएको
Shares
कोरोना संक्रमणबाट आज २६ जनाको मृत्यु

सारांश

  • काठमाडौं, २६ कात्तिक ।
  • कोरोना संक्रमणबाट आज थप २६ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २६ कात्तिक । कोरोना संक्रमणबाट आज थप २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित २५ सय ६९ थपिएका छन् ।

आज १६६६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख २ हजार ३ सय २९ संक्रमित भएपनि १ लाख ६२ हजार २ सय ४३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३८ हजार ९ सय १२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १५ लाख ७४ हजार २ सय ९५ जनाको पिसीआर परिक्षण भएको छ भने ३८ हजार ९ सय १२ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या १ हजार १ सय ९ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?