गणेशमान सिंहको शालिकमा माल्यार्पण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
४० पटक हेरिएको
Shares
गणेशमान सिंहको शालिकमा माल्यार्पण

सारांश

  • विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।
  • स्व गणेशमान सिंहको १०२औँ जन्मजयन्तीका अवसरमा आज गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो ।
  • कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।

स्व गणेशमान सिंहको १०२औँ जन्मजयन्तीका अवसरमा आज गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “स्व सिंह संघर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढंगले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकमा विवादित भएका कम्युनिस्टलाई एक ठाउँमा ल्याउन गणेशमान सिंहले महत्वपूर्ण भूमिका खेलेको बताउँदै “एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिस्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन स्व सिंहको महत्वपूर्ण योगदान रहेको छ”, भन्नुभयो ।

उहाँले बहुदलीय संसदीय व्यवस्था मानेर आएका कम्युनिस्टहरु फेरि एकदलीय कम्युनिस्ट शासन व्यवस्था कायम गर्छु भन्नु गलत कुरा भएको भन्दै विश्वमा समाप्त भएको कम्युनिस्ट व्यवस्था नेपालमा लागू हुन नसक्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा दादुरा र ठेउलाको समस्या
चितवनमा दादुरा र ठेउलाको समस्या
आफ्नो स्वास्थ्यबारे चिन्ता नलिन प्रधानमन्त्री ओलीको आग्रह
आफ्नो स्वास्थ्यबारे चिन्ता नलिन प्रधानमन्त्री ओलीको आग्रह
फेडेरर तेस्रो चरणबाट बाहिरिए, जोकोभिक क्वाटरफाइनलमा प्रवेश
फेडेरर तेस्रो चरणबाट बाहिरिए, जोकोभिक क्वाटरफाइनलमा प्रवेश
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
आलेख ‘मानव अधिकारप्रतिको प्रतिवद्धता मात्रै आउँछ, परिपालना हुँदैन’
आलेख ‘मानव अधिकारप्रतिको प्रतिवद्धता मात्रै आउँछ, परिपालना हुँदैन’
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
कृष्णनगरमा विकासे कामको अनुगमन
कृष्णनगरमा विकासे कामको अनुगमन
राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो- नेता पन्त
राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो- नेता पन्त
फिल्म समिक्षा : कस्तो छ चलचित्र ‘२ रुपैयाँ’ को कथा ?
फिल्म समिक्षा : कस्तो छ चलचित्र ‘२ रुपैयाँ’ को कथा ?
शक्तिशाली आँधीका कारण ३७ जनाको मृत्यु !
शक्तिशाली आँधीका कारण ३७ जनाको मृत्यु !