कृष्णनगरमा विकासे कामको अनुगमन
सारांश
- माधव बेल्वासे, चन्द्रौटा कपिलवस्तु , १९ वैशाख ।
- कपिलवस्तुको कृष्णनगर नगरपालिकाले गरिरहेको विकासे कामको अनुगमन गरिएको छ ।
- नगरपालिकाको योजना अनुसार विकाशका काम भइरहेको र सम्पन्न भएका सडक,नालि लगाएत कामको मेयर रजत प्रताप शाह सहित पत्रकारको टोलीले अनुगमन गरेको हो ।
माधव बेल्वासे, चन्द्रौटा कपिलवस्तु , १९ वैशाख । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले गरिरहेको विकासे कामको अनुगमन गरिएको छ ।
नगरपालिकाको योजना अनुसार विकाशका काम भइरहेको र सम्पन्न भएका सडक,नालि लगाएत कामको मेयर रजत प्रताप शाह सहित पत्रकारको टोलीले अनुगमन गरेको हो ।
जसमा कृष्णनगर नगरपालिका वडा ३ को चयपुरा हुदै वसन्तपुर रोड एक हजार ७० मिटरको कालोपत्रे निमार्ण सम्पन्न भइसकेको पाइएको छ । सो कालोपत्रेको लागी नगरपालिकाले ७० लाख विनियोजन गरेको नगरप्रमुख शाहले वताए ।त्यस्तै कृष्णनगर नगरपालिका ११ पटना गाउभित्र १५० मिटर पि पि सी सडक निर्माण धिन अवस्थामा रहेको छ ।
नगप्रमख शाहले निमार्ण कार्यलाई सम्पन्न गर्न वडा अध्यक्ष र उपभोक्त समितिलाई आग्रह गरे ।त्यस्तै वसन्तपुरमा रहेको १४५ मि पिपिसी सडक,शिवानगरमा रहेको २ सय मि पिपिसी कार्य सम्पन्न भएको छ ।
त्यस्तै नारायण्डिहवा,पल्टामाई मन्दीर नजीक सडक कालोपत्रे सम्पन्न भएको पाइएको छ ।
अनुगमन पछि संचारकर्मीहर सग कुरा गर्दै मेयर शाहले कृष्णनगरका विकाशका योजना हरु करिव ५० प्रतिशत सकिएको र असार सम्म शत प्रतिशत सकिने वताए ।मेयर शाहले नगरपालिका भित्र विकाशको गतिले तिव्रता पाएको दावी गरे ।
प्रतिक्रिया