गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २९, २०७८
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • ण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।
  •  प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए ।
  • मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

ण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए ।

गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।

स्रोतका अनुसार गुरुङको मुख्यमन्त्री दाबीप्रति एमालेमै असन्तुष्टि थियो । माधवकुमार नेपाल समूहका इन्द्रलाल सापकोटासागै केपी शर्मा ओली पक्षका महेन्द्र थकाली र रोशन थाहा मगरले पनि गुरुङको दाबीमा असन्तुष्टि जनाएका हुन् ।

त्यसलगतै प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, कारवाही गर्न सिफारिश
प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, कारवाही गर्न सिफारिश
५ रुपैयाँमा खाना, १ रुपैयाँमा बास
५ रुपैयाँमा खाना, १ रुपैयाँमा बास
सरकारले नै बेहोर्ने राष्ट्रपतिको ५५ लाख उपचार खर्च
सरकारले नै बेहोर्ने राष्ट्रपतिको ५५ लाख उपचार खर्च
नेपाल–चीन मित्रता नयाँ उचाइमा, पछाडि छुट्दै भारत
नेपाल–चीन मित्रता नयाँ उचाइमा, पछाडि छुट्दै भारत
कुन मन्त्रालयमा कसको दाबी ?
कुन मन्त्रालयमा कसको दाबी ?
लायन्स क्लब अफ नेपाल शेर्पाजले गरे सरसफाइ
लायन्स क्लब अफ नेपाल शेर्पाजले गरे सरसफाइ
मुलुकको राष्ट्रियता र अखण्डता जोगाउन राप्रपा बलियो हुनुपर्छ :- कमल थापा
मुलुकको राष्ट्रियता र अखण्डता जोगाउन राप्रपा बलियो हुनुपर्छ :- कमल थापा

तपाईंले छुटाउनुभयो कि?