काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत : १३ जनाले सय मत कटाएनन् !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
३० पटक हेरिएको
Shares
काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत : १३ जनाले सय मत कटाएनन् !

सारांश

  • काभ्रेमा दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको थियो ।
  • जिल्लामा ५८ जना उम्मेदवार चुनावनी प्रतिस्पर्धामा थिए ।
  • जसमध्ये १३ जना उम्मेदवारले सय मत पनि प्राप्त गर्न सकेनन् ।

काभ्रेमा दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको थियो । जिल्लामा ५८ जना उम्मेदवार चुनावनी प्रतिस्पर्धामा थिए । जसमध्ये १३ जना उम्मेदवारले सय मत पनि प्राप्त गर्न सकेनन् ।

चार उम्मेदवारले वाम गठवन्धनलाई सहयोग गर्ने घोषणा गरे पनि उनिहरुको चुनाव चिन्हमा मतदान भएको छ । स्वतन्त्र उठेका नोर्बु लामाको १३ मत भए ।

उनले गठवन्धनमा गंगाबहादुर दोङ्गलाई सहयोग गर्ने घोषणा गरेका थिए । त्यस्तै कांग्रेस (विपी) तर्फका उम्मेदवार मोहनबहादुर रायमाझीले ४४, नेपाल संघीय समाजवादी पार्टीका राजकुमार शाहले ३४, लिबरल डेमोक्रेटिक पार्टीका शान्ता तामाङले १३ र नेपाः राष्ट्रिय पार्टीका सुन्तलाकाजी श्रेष्ठले ३३ मत प्राप्त गरे । नयाँ शक्ति पार्टीका तिलकबहादुर लामाले गठवन्धनका दोङ्गलाई सहयोग गरे पनि १ सय ८ मत खसेको थियो ।

यी हुन् सय मत कटाउन नसक्ने उम्मेदवार ?

निर्वाचनमा सय मत पनि नकटाउन धेरै जना उम्मेदवार पाइएको छ । जसमध्ये नेपाल मजदुर किसान पार्टीका दिलबहादुर विकले ३३, नेमकिपाकै चण्डिका छुँकाले ९०, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका शोभा विश्वकर्माले ३, नयाँ शक्ति पार्टीका रामकुमार खड्काले ५३, स्वतन्त्र उम्मेदवार मिलनकुमार गौतमले १६, स्वतन्त्र सुरेशप्रसाद धितालले ४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सुर्दशन हुमागाईँले ६१ मत प्राप्त गरे भने संघीय समाजवादी फोरमका राजेन्द्र खड्गीले ८५ मत प्राप्त गरे ।

४६ जनाको जमानत

काभ्रेमा ५८ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा थिए । जसमध्ये विजेतासहित १२ जना उम्मेदवारहरुको जमानत जोगिएको छ भने बाँकी ४६ जनाको जमानत जफत भएको छ । कुल खसेको सदर मत मध्ये १० प्रतिशत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिए ।नयाँ पत्रीका बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुन भिटामिनले पेटको बोसो कम हुन्छ ? थाहा पाउनुहोस् यसको स्रोत
कुन भिटामिनले पेटको बोसो कम हुन्छ ? थाहा पाउनुहोस् यसको स्रोत
नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ
दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ
बिहानै उठ्नासाथ खान नहुने चीजहरु र खाली पेटमा पानी पिउनुका ७ फाइदा यस्ता छन्
बिहानै उठ्नासाथ खान नहुने चीजहरु र खाली पेटमा पानी पिउनुका ७ फाइदा यस्ता छन्
नेपलमा प्रत्येक वर्ष २०–२५ हजार मानिसले सुर्तीजन्य पदार्थको कारण ज्यान गुमाउछन्
नेपलमा प्रत्येक वर्ष २०–२५ हजार मानिसले सुर्तीजन्य पदार्थको कारण ज्यान गुमाउछन्
डाक्टरहरु हड्तालमा, स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
डाक्टरहरु हड्तालमा, स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत
मुलुकभर वर्षा, केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना
स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या
स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या
आज श्रीपञ्चमी (सरस्वती पूजा) मनाइँदै
आज श्रीपञ्चमी (सरस्वती पूजा) मनाइँदै

तपाईंले छुटाउनुभयो कि?