रेखा थापाले किनिन् क्रिकेट क्लब

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
रेखा थापाले किनिन् क्रिकेट क्लब

सारांश

  • अभिनेत्री रेखा थापाले ’एनसिएल टि- २० वुमन्स लिग’ का लागि क्रिकेट टिम खरिद गरेकी छिन् ।
  • थापाले यो प्रतियोगिताका लागि ’काठमाडौं सुपर च्याम्पियन्स’ टिम किनेकी हुन् ।
  • महिला क्रिकेटमा योगदान दिन आफुले क्लब किनेको उनले बताइन् ।

अभिनेत्री रेखा थापाले ’एनसिएल टि- २० वुमन्स लिग’ का लागि क्रिकेट टिम खरिद गरेकी छिन् । थापाले यो प्रतियोगिताका लागि ’काठमाडौं सुपर च्याम्पियन्स’ टिम किनेकी हुन् । महिला क्रिकेटमा योगदान दिन आफुले क्लब किनेको उनले बताइन् ।

सोमवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ’एनसिएल टि-२० वुमन्स लिग’ को लागि सहभागी टिम, मालिक र मार्की खेलाडीको घोषणा गरिएको छ ।

रेखाले खरिद गरेको क्रिकेट टिमको मार्की खेलाडीको रुपमा नेरी थापा छिन् । वैशाख ७ देखी १४ गतेसम्म विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने ’एनसिएल वुमन्स टि-२०’ विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र उप-विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको ’प्लयेर अफ द म्याच’ ले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अभिनेत्री रेखा क्रिकेट टिम खरिद गर्ने पहिलो नेपाली सेलिब्रेटी हुन् । नेपालमा आजसम्म कुनै सेलिब्रेटीले क्रिकेट टिम खरिद गरेका थिएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?