बलात्कारीलाई नियन्त्रण हैन निर्मुल गरौं
सारांश
- कसैको ईच्छा बिपरित जबर्जस्ती डर देखाएर धम्कीयाएर आपसी समहती बिना नै अर्थात् झुटा प्रलोभनमा पारेर करणी गर्नु भनेको बलात्कार हो भने कानुनको नजरमा आठार बर्ष भन्दा कम उमेरको बालबालिका संग गरिएको यौनक्रिडालाई पनि बलात्कार भएको मानिन्छ।
- शान्तिको अग्रदुत माहामानब जन्मेको पुन्य भुमि गौतम बुद्धको देश जाहाँ शान्ति स्वतन्त्र निशल्ता अनुराग बिश्वास र सामीप्यता जस्ता मानवीय पक्षका कुराहरुले प्राथमिकता पाउनु हुन पर्ने हो डर, त्रास,भयको सन्देह समेत हुन नपर्ने हो तर याहाँ ठिक बिपरित डर,त्राश , हत्या हिंशा, भ्रष्टाचार दुराचार जस्ता अमानवीय कुराहरुले दिनदिनै प्रत्शय पाहिरहेको छ हत्या ,हिंशा , बलात्कार अपहरण अनि ईनकाउन्टर जस्ता घटनाहरुको दैनिक मुख्य मुख्य समाचारको शिर्षक बन्न थालेको छ।
- समाज किन यस्तो क्रूर अनि हिंसक सम्बेदनाहिन बन्दै छ दिनदिनै ।
कसैको ईच्छा बिपरित जबर्जस्ती डर देखाएर धम्कीयाएर आपसी समहती बिना नै अर्थात् झुटा प्रलोभनमा पारेर करणी गर्नु भनेको बलात्कार हो भने कानुनको नजरमा आठार बर्ष भन्दा कम उमेरको बालबालिका संग गरिएको यौनक्रिडालाई पनि बलात्कार भएको मानिन्छ। शान्तिको अग्रदुत माहामानब जन्मेको पुन्य भुमि गौतम बुद्धको देश जाहाँ शान्ति स्वतन्त्र निशल्ता अनुराग बिश्वास र सामीप्यता जस्ता मानवीय पक्षका कुराहरुले प्राथमिकता पाउनु हुन पर्ने हो डर, त्रास,भयको सन्देह समेत हुन नपर्ने हो तर याहाँ ठिक बिपरित डर,त्राश , हत्या हिंशा, भ्रष्टाचार दुराचार जस्ता अमानवीय कुराहरुले दिनदिनै प्रत्शय पाहिरहेको छ हत्या ,हिंशा , बलात्कार अपहरण अनि ईनकाउन्टर जस्ता घटनाहरुको दैनिक मुख्य मुख्य समाचारको शिर्षक बन्न थालेको छ।
समाज किन यस्तो क्रूर अनि हिंसक सम्बेदनाहिन बन्दै छ दिनदिनै ।आजको समाज भनेको बिकास र समृद्धि संगै सभ्य समाज,स्वतन्त्र समाजिक मुल्य र मान्यतामा आधारित हुन पर्ने हो किनकि आजको युग भनेको बिकास , सभ्यता अनि स्वतन्त्रताको युग पनि मानिन्छ तर आजभोलि दैनिक घटने घट्नाहरुलाई आकलन गर्ने हो भने जंगली हिंसक जनावर भन्दा कम देखिदैन हाम्रो समाज । केहि गलत प्रवृति भएको ब्याक्तीहरुको कारणले समाजको छबि बिगारिरहेको हो या सम्पुर्ण समाज गलत दिशातिर दिशानिर्देश हुदै गहिरहेको हो भन्ने प्रश्नहरु अनुत्तरित छ ।
अपहरण बलात्कार अनि हत्या जस्तो गम्भीर जघन्य अपराधको घटनाहरु हरेक दिन घटिरहेको घटनाले राज्यामा शान्ति सुरक्षाको स्थितिमा ठुलो चुनौती मानव अधिकारको उलंघन दण्डहीनता मौलाएको साथसाथै सन्त्रासपुर्ण बाताबरणको सिर्जना भएको देखिन्छ । देशभित्र यसरी दैनिक घट्ने घटनाले अन्तरिक सुरक्षा बल कम्जोर भएको प्रतिबिम्बित मात्र हैन समाजमा आपसी सद्भाव नाजुक हुदै गएको मानव भित्रको मानवता हराउदै गएको अनि अपराधीहरुको संख्या देशभरी नै वृद्धि हुदै गएको दैनिक घट्ने घट्नाको सृन्खलशरुले देखाउछ ।
दिनदिनै बडिरहेको अपराधिक क्रियाकलापले आफ्नै देशभित्र आफ्नै सामाजमा आफ्नै घर भित्र आफन्तहरु बाट चिरपरिचीत हरु बाट नै डराउनु पर्ने त्रसित हुनु पर्ने अबिस्वाश्को बाताबरण सिर्जना हुदै गैईरहेको देखिन्छ । सत प्रतिशत बलात्कार र हिंसाका घट्नाहरु चिरपरिचित आफ्नु आफन्त भनौदा हरु बाट घटेको तथ्यांकले देखाउछ भने घट्ना धेरै बालबालिका , निमुखा गरिब अशाय , एकल महिला मा बडी लक्षित देखिन्छ । जसको राज्याका कुनैपनि शक्तिहरु संग पहुच हुदैन ।
बालबालिकाहरु अविभावकको अाँखा बाट एकछिन ओझेल पर्ने बितिकै चिन्तित हुनपर्ने स्कुलबाट अलिकता ढिला आउँदा समेत अतालिनु पर्ने महिलाहरु सार्बजानिक ठाउँमा हिंड्न् पनि त्रसित हुन पर्ने छोरीचेलि आफनै हाट बजार भर्न जान डराउनु पर्ने भएन घर बाहिर मात्र हैन घर भित्र नै डराउनु पर्ने स्थिति जबसम्म हुन्छ राज्यमा शान्ति सुरक्षाको स्थिति मजबुत छ भन्नु औचित्यहिन हुन्छ ।
करिब ३९ दिन अघाडी कंचनपुरमा तेह्र बर्षकि कलिला बलिका निर्मला पन्तको बलात्कार पछी निर्मम्ता पुर्बक हत्या गरियो यो अतिनै लज्जास्पद घृणित मात्र नभए जघन्य अपराध हो । यस्तो जघन्य अपराधमा पनि सम्बन्धित निकाय बाट छानबिनमा बिलम्ब हुनु अपराधीलाई पत्ता लगाउन अनुसन्धानको क्रममा सुरक्षाकर्मिको भुमिका नै बिबादास्पद र व्यापक त्रुटिपुर्ण देखिनुले छर्लङ्ग हुन्छ की याहाँ पीडितले न्याय पाउने अवस्था कस्तो छ पार्दर्शिता र निस्पक्षता कतिसम्म मजबुत छ भनेर । यो एउटै घटनामा देखिएको दृश्यहरु पर्याप्त हुन सक्छ कानूनी राज्य, जवाफदेहि सरकार , जनप्रेमि प्रहरी र प्रशासन काहाँ छ हाम्रो मुलुकमा भनेर। लोकतान्त्र भनेको सिम्बोलिक मात्र भएर संविधानमा मात्र लेखेर पुग्दैन चरीत्रमा जबसम्म चित्रण हुँदैन ।
एकातिर न्याय दिने निकाय नै कम्जोर हुनु पीडित प्रति संबेदनसिल नहुनु अर्कोतिर न्यायको निम्ति सडकमा उत्रिएको पीडित पक्षमाथी भिडभाड तितरबितर गर्ने बहानामा गोलि नै बर्साउनु फेरि अर्को निर्दोष बालक शनी खुनाको मृत्यु हुनुले निमुखा जनता न समाज बाट सुरक्षित छ न राज्यबाट नै भन्ने साबित गरेको छ ।यो एउटा प्रतिबिम्बित दृष्टान्त मात्र हुन सक्छ । बिगत चार बर्ष यता मात्र हेर्ने हो भने ३७ सय भन्दा बडि बलात्कार र १८ सय भन्दा धेरै बलात्कारका प्रयासमा दर्ता भएको मुद्धाहरु प्रहरीकै तथ्यांकले देखाउछ यो त भयो सार्बजनिक भएको घटनाहरु अर्कोतिर गुपचुपमा ढाकछोप गरिएको दबाबमा लुकाईएको सार्वजनिक नभएको हजारौं घटनाहरु हुनसक्छ त्यसैले आज मानव अधिकार ,स्वतन्त्रता जस्ता कुराहरु कम्जोर हुनु मुलुकमा दण्डहीनता मौलाउनुको परिणामस्वरूप हजारौं निर्मलाहरु यसैगरी देशभरी बलात्कारको शिकार बनिरहेको छ भने अर्कोतिर न्यायको निम्ति सडकमा उत्रिएको शनी खुना जस्ता पीडित पक्षधरहरुको ज्यान गहिरहेको छ ।
यदि घटना घटेपछि अपरधिलाई तुरुन्त पत्ता लगाएर निस्पक्ष ढंगले दण्ड दिने राज्यमा सम्यन्त्र भएको भए हत्यराको कारबाहीको माग गर्दै सडकमा जनता सायद उत्रने थिएन। आक्रोशित आन्दोलनको अर्थ राज्यमा सुरक्षा सम्यन्त्र संग असन्तुष्टि मात्र हैन न्याय दिने निकाय संग नै आम नागरिक असन्तुष्टि रहेको छर्लङ्ग देखिन्छ । आक्रोशित आन्दोलन अर्थ यो पनि हुन सक्छ राज्य जनताको सुरक्षाको निम्ति संबेदनसिल देखिदैन ।वास्तविक हत्यारालाई दणड देउ पीडितलाई न्याय देउ भनेर पनि आन्दोलन नै निकानु पर्ने अवस्थामा जनता पुग्नु भनेको पीडितले न्याय पाउछ अपराधी डन्डित हुन्छ भन्ने कुरामा जनतालाई बिश्वास राज्याले दिलाउन नसकेको कारण नै हो।
एकातिर पीडितलाई न्याय दिलाउने भन्दै सन्तावना दिन घर घरमा पुग्ने सरकार अर्कोतिर न्याय नपाए पाछी समुहगत सडकमा उत्रन बाध्य बनेको पीडित माथी गोलि बर्साउने चरीत्र बुझेर बुझी नसक्नु छ । सरकार भनेको जनताको अभिभावक हो अभिभावक भनेको संरक्षक पनि हो यदि अभिभावक बाट नै संरक्षण मिल्दैन भने त्याहाँ भन्दा उपेक्षित के हुन सक्छ । राज्यको मुल दायित्व मुलुकमा शान्ति स्थापना गर्नु पनि हो घटना घटिसकेर उपस्थित हुने सुरक्षाकर्मी भन्दा पनि सुरक्षाकर्मिको उपस्थितिले घटना नै नहुने सवल सुरक्षा समयन्त्र हुन जरुरी छ। मुलुकमा उचित कानुनको अभावमा संगसंगै कार्यान्वयन पक्ष नै फितलो भएकोले समग्र मुलुक अस्तब्यस्त भएको जानकारहरु बताउँछन् ।हरेक संबैधानिक निकायहरु स्वतन्त्र हुन जरुरी छ जाहा कुनैपनी प्रकारको प्रभाव पार्ने अर्थिक राजनितीक नातावाद र कृपावाद जस्ता शक्तिको हस्तक्षेपकारी भुमिकाको सन्देह समेत हुन हुँदैन ।यदि न्याय दिने न्यायलय लगायत प्रहरी प्रशासन कुनैपनि प्रकारको शक्ति बाट प्रभावित भयो भने त्यो मुलुकको ऐन कानुन गरिब अनि निमुखा जनताको लागी अभिशाप हुन्छ ।
जबसम्म राज्यको सबैभन्दा तल्लो तहमा रहेको निमुखा कम्जोर बर्गले न्यायको अनुभुति गर्न पाउने शासन पद्धतिको बिकास हुँदैन तबसम्म मानव अधिकार, लोकतन्त्र र विधिको शासन कागजको खेश्रामा सिमित नाम मात्रको हुन्छ। आज यदि वास्तविक अपराधीलाई कानूनी दयारा लियाएर दण्ड दिन सकिएन भने भोलि सोही अपराधीले सयौं घट्ना घटनाउने मात्र हैन हजारौं अपराधीहरु जन्माउन सक्छ त्यसैले अपराधीलाई तुरुन्त पत्ता लगाई कठोर दण्ड दिन राज्य तत्पर हुन् पर्छ अब अपराधलाई नियन्त्रण गर्न अपाराधी नियन्त्रण मात्र हैन अपराधीलाई निर्मुल गर्नेतिर राज्यले कदम चाल्ने हो कि?
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया