गाईघाटमा चार युवा लागूऔषधसहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
गाईघाटमा चार युवा लागूऔषधसहित पक्राउ

सारांश

  • अस्बिन खड्का उदयपुर, १८ फागुन ।
  • उदयपुरको सदरमुकाम गाईघाटबाट ४ जना युवाहरु लागूऔषधसहित पक्राउ परेका छन् ।
  • जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले गाईघाटस्थित कोहबर होटल छेउँबाट लागू पदार्थ सेवन गरेको अवस्थामा भेटिएपछि पक्राउ गरिएको हो ।

अस्बिन खड्का

उदयपुर, १८ फागुन । उदयपुरको सदरमुकाम गाईघाटबाट ४ जना युवाहरु लागूऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले गाईघाटस्थित कोहबर होटल छेउँबाट लागू पदार्थ सेवन गरेको अवस्थामा भेटिएपछि पक्राउ गरिएको हो ।

सोधपुछका क्रममा उनीहरु लागू औषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० का २३ वर्षीय भीषण राई, सोही ठाउँका २० वर्षीय विशेष मगर, त्रिनपा ११ का २० वर्षीय किशोर मगर र सोही ठाउँका निराजन खत्री रहेका छन् ।

उनीहरुको साथबाट प्रतिबन्धित लुपिजेसिक ५ थान, फेनार्गन ४ थान र डाईजोल्याप ५ थान गरी १२ थान लागू औषध बरामद भएको एसपी नवराज भट्टले बताए । पक्राउ परेका युवाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उदयपुरमा अहिलेसम्म १ सय ३० भन्दा बढी लागू औषधमा पक्राउ परेका छन् भने ६७ जनालाई मुद्दा चलाइएको भट्टले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?