बालाकोटमा ‘२९२ जनको मृत्यु’ को वास्तविकता
सारांश
- बीबीसी।
- सामाजिक संजालमा एउटा कथित ह्वाट्सएप च्याटको हवाला दिँदै पाकिस्तानको बालाकोटमा भारतीय वायु सेनाको आक्रमणमा २९२ आतंकवादीको मृत्यु भएको दाबी गरिएको थियो।
- जसले ह्वाट्सऐप ग्रुपमा र फेसबुक ग्रुपमा यो कथित कुराकानीको स्क्रीनशट शेयर गरेका छन्, उनीहरुले यो बातचित उनीहरुका कुनै भारतीय साथी र बालाकोटमा बस्ने ‘डाक्टर इजाज’ नामका व्यक्तिबीच भएको दाबी गरेका छन्।
बीबीसी। सामाजिक संजालमा एउटा कथित ह्वाट्सएप च्याटको हवाला दिँदै पाकिस्तानको बालाकोटमा भारतीय वायु सेनाको आक्रमणमा २९२ आतंकवादीको मृत्यु भएको दाबी गरिएको थियो।
जसले ह्वाट्सऐप ग्रुपमा र फेसबुक ग्रुपमा यो कथित कुराकानीको स्क्रीनशट शेयर गरेका छन्, उनीहरुले यो बातचित उनीहरुका कुनै भारतीय साथी र बालाकोटमा बस्ने ‘डाक्टर इजाज’ नामका व्यक्तिबीच भएको दाबी गरेका छन्।
अधिकांश मानिसले यो दाबीसँग तीनवटा स्क्रीनशट शेयर गरेका छन्। केही मानिसले दाबी गरे अनुसार ‘जो व्यक्तिको नाम स्क्रीनशटमा देखिएको छ, उनी बालाकोटमा डाक्टर छन्। जुन दिन एयर स्ट्राएक भयो त्यो दिन उनी घटनास्थल नजिकै थिए। त्यसकारण उनले मृतकको संख्या बताउन सक्छन्।’
पात्र एक : अरे भाइ यो के हो? हिजो जुन एयर स्ट्राइक गरे भारतीय सेनाले… यो वास्तविकता हो की संचारमाध्यमले त्यत्तिकै देखाएका हुन्?
पात्र दुई : जनाब, एयर फेर्सका केही प्लेन घुसेका थिए बालाकोट र नजिकैको एरियामा। तर यो गलत हो एलओसी पार गर्नु..।
पात्र एक : हो, १२ वटा जति प्लेन थिए। तर यार पाकिस्तानको जैश–ए–मोहम्मदले आक्रमण गर्यो भने इण्डियाले जवाफ त दिन्छ नै… अनि त्यहाँ कति जना मरे?
पात्र दुई : भाइ… कोही स्थानीय मारिएका छैनन्। जो मारिए उनीहरु सबै आतंकवादी थिए। हामीहरु पनि आतंकवादीबाट पीडित थियौं।’
यो स्क्रीनशटमा मृतकको संख्या करिव उत्तिनै बताइएको छ, जति भारतका केही संचारमाध्यमले अपुष्ट सूचनाका रुपमा प्रशारण गरेका थिए।
भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पनि आइतबार यो आक्रमणमा २५० भन्दा धेरै आतंकवादी मारिएको बताएका थिए। भारतीय वायु सेना प्रमुख बीएस धनोआले सोमबार मारिएको व्यक्ति गन्ने काम वायु सेनाको नभएको बताएका थिए। भारत सरकारले आधिकारिक रुपमा यो आक्रमणमा मारिएको संख्याका विषयमा कुनै बयान जारी गरेको छैन।
जुन ह्वाट्सऐप म्यासेजको आधारमा २९२ आतंकवादी मारिएको दाबी गरिएको छ, यो दाबी असत्य हो। किनभने पाकिस्तानको बालाकोटमा कुनै पनि मेडिकल युर्निभर्सिटी छैन।
बालाकोट पाकिसतानको खैबर पख्तुनख्वा प्रान्तको मानशेरा जिल्लामा पर्छ। यो ठाउँ सिन्धु सभ्यताको चार प्राचीन तटीय इलाकामध्ये एक हा र कुनहर नदीको तटमा बसेको छ।
पाकिस्तानमा पर्यटनकालागि निकै लोकप्रिय बालकोट देशको राजधानी इस्लामाबाददेखि करिव १६० किलोमिटर टाढा छ। पाकिस्तानको मेडिकल तथा डेन्टल काउन्सिलका अनुसार बालकोटका जनताकालागि सबैभन्दा नजिकको सरकारी मेडिकल कलेज एबटाबादमा छ। भारतीय वायु सेनाले मंगलबार २६ फेब्रुअरीमा जब बालाकोट नजिकै बम खसाएको थियो, तब त्यहाँ पुगेर स्थानीय र प्रत्यक्षदर्शीसँग सबैभन्दा पहिला संवाद गर्ने बीबीसीका सहयोगी एम ए जर्दालले पनि यसको पुष्टि गरेका थिए।
उनले बालकोटमा कुनै पनि मेडिकल युनिभर्सिटी नभएको बताए। बालाकोटमा एउटा ‘बुनियादी हेल्थ युनिट’ मात्र छ। पाकिस्तानको पंजाबलाई कर्मथलो बनाएका पत्रकार शिराज हसनले ट्विटरमा यो भाइरल म्यासेजको मजाक उडाएका छन्। उनले पाकिस्तानमा आंकवाद र घाइते जस्ता शब्दको प्रयोग गरिने लेखेका छन्। ‘यो मोदी भक्तको ‘प्रमाण’ का अनुसार बालाकोटमा एक ‘बालकोट मेलिडकल युनिभर्सिटी’ पनि छ र स्वयं पीएम मोदी यी भक्तलाई फलो गर्छन्।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया