राष्ट्रियसभा बैठक : परियोजनादेखि वाइडबडीसम्मका कुरा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रियसभा बैठक : परियोजनादेखि वाइडबडीसम्मका कुरा

सारांश

  • काठमाडौं।
  • राष्ट्रियसभा सदस्यहरुले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
  • राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्यहरुले जिल्लास्थित संञ्चालित परियोजनाहरुको रोकिएको काम अबिलम्ब सुरु गर्न, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने लगायत माग गरेका छन्।
काठमाडौं। राष्ट्रियसभा सदस्यहरुले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्यहरुले जिल्लास्थित संञ्चालित परियोजनाहरुको रोकिएको काम अबिलम्ब सुरु गर्न, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने लगायत माग गरेका छन्। 
राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले मुलुकभरका आयोजना तथा परियोजनाको निर्माण कार्य यथाशिघ्र अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। निरन्तररुपमा पहिलादेखि चलिआएका परियोजनामा केन्द्रबाट रकम प्रदेशलाई हस्तान्तरण गरी प्रदेश अन्र्तगत राखिएका तीनै परियोजनालाई अहिले केन्द्रबाट तत्काल अघि नबढाउनु भनी निर्देशन भएको भन्दै उनले परियोजनाको निर्माण कार्यलाई यथाशिघ्र अघि बढाउन माग गरे। स्थानीय तहमा कयौं पदहरु रिक्त रहेको भन्दै उनले उपनिर्वाचनको तत्काल व्यवस्था गर्न माग गरे। 
राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे। सरकारले आफू अनुकुलका विषयमा मात्रै संसदीय सर्वोच्चताको कुरा गर्ने गरेको भन्दै उनले प्रतिवेदन सार्वजनिक नभएको प्रति आपत्ति जनाए। छलफल नगरि आयोगले बुझाएको प्रतिवेदनलाई आधार बनाएर कानुन ल्याइयो भने आफूहरुलाई त्यो मान्य नहुने भन्दै उनले आयोगको प्रतिवेदनमाथि संदनमा छलफल चलाउन माग गरे। 
सरकारले यसपटक पनि शिक्षा क्षेत्रलाई प्रयोगशाला बनाउने प्रयास गर्यो भने त्यसको शसक्त प्रतिकार गर्ने चेतावनी उनले दिए। उनले आयोगको प्रतिवेदन सदनमा टेबुल गर्नका लागि सरकारलाई रुलिङ गर्न सभाध्यक्षसँग माग गरे। राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीले वाईडबडी विमान खरिद प्रकरणको बारेमा भएको अध्ययन अनुसन्धान बारे सदनलाई जानकारी गराई संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसमा बिद्रोह हुने संकेत , एमालेलाई  सोझाको साथ दैब साबित भएको छ -पुर्व मन्त्री बस्नेत
कांग्रेसमा बिद्रोह हुने संकेत , एमालेलाई सोझाको साथ दैब साबित भएको छ -पुर्व मन्त्री बस्नेत
तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी
तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी
बझाङ दुर्घटना अपडेट : दुई जनाको मृत्यु
बझाङ दुर्घटना अपडेट : दुई जनाको मृत्यु
कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय
कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय
खड्कासँग किन डराए पौडेल, निधि र सिटौला ?
खड्कासँग किन डराए पौडेल, निधि र सिटौला ?
मिनीट्रकको ठक्करले महिलाको मृत्यु, काठमाडौँको फोहर विसर्जनमा अवरोध
मिनीट्रकको ठक्करले महिलाको मृत्यु, काठमाडौँको फोहर विसर्जनमा अवरोध
अन्धाधुन्दा गोली चलाउने सैनिक अधिकृत मारिए
अन्धाधुन्दा गोली चलाउने सैनिक अधिकृत मारिए
महिला हिंसा न्यूनीकरणमा समिति सक्रिय बन्ने
महिला हिंसा न्यूनीकरणमा समिति सक्रिय बन्ने
बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र ‘इतिहासको जेल’ जापानमा प्रदर्शन
बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र ‘इतिहासको जेल’ जापानमा प्रदर्शन
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय

तपाईंले छुटाउनुभयो कि?