पाँचखाल महोत्सवमा दर्शकको ओइरो
सारांश
- पाँचखाल महोत्सव निकै भव्यताका साथ सञ्चालन भइरहेको छ ।
- महोत्सवमा शनिबार दर्शकको ओइरो लागेको छ ।
- पाँचखालको कृषि उत्पादनलाई प्रवद्र्धन गर्न आयोजना गरिएको महोत्सव कात्तिक २९ गतेदेखि सुरु भएको हो ।
पाँचखाल महोत्सव निकै भव्यताका साथ सञ्चालन भइरहेको छ । महोत्सवमा शनिबार दर्शकको ओइरो लागेको छ । पाँचखालको कृषि उत्पादनलाई प्रवद्र्धन गर्न आयोजना गरिएको महोत्सव कात्तिक २९ गतेदेखि सुरु भएको हो । महोत्सवमा विभिन्न जातजातीका झाँकी, संस्कृति र रितिरिवाज समेत प्रदर्शन भइरहेको पाँचखाल नगरपालिका वडा नबर ४ का वडा अध्यक्ष सुन्दर तामाङले जानकारी गराए । ।

स्थानीय कलाकार तथा चर्चित कलाकारको प्रस्तुतिले पनि महोत्सवको रौनकता बढाइरहेको पुफाका अध्यक्ष मिलन श्रेष्ठले बताए । महोत्सवको आयोजना पाँचखाल युनाइटेड फुटबल एसोसियसनले गरेको हो । स्थानीय उत्पादनको प्रवद्र्धन तथा आन्तरिक पर्यटनको विकासका लागि पनि महोत्सव आयोजना गरिएको अतिथि सत्कार तथा जलपान उपसमितिका ज्ञानु दनुवारले बताए
सुदिप सापकोटा, पाँचखाल, काभ्रेबाट, फोटोः विकल केसी
प्रतिक्रिया