गीत संगीतमा राधिकाको दोस्रो इनिङ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०८०
|
|
४५ पटक हेरिएको
Shares
गीत संगीतमा राधिकाको दोस्रो इनिङ

सारांश

  • काठमाडौं ।
  • नेपाली गीत संगीतका क्षेत्रमा राधिका अधिकारीको नाम नौलो होइन् ।
  • उनले २०७१ सालमा नै अन्जु पन्तको स्वरमा आफ्नो गीत रेकर्ड गराएर गीत लेखनको औपचारिक यात्रा सुरु गरेकी हुन् ।

काठमाडौं । नेपाली गीत संगीतका क्षेत्रमा राधिका अधिकारीको नाम नौलो होइन् । उनले २०७१ सालमा नै अन्जु पन्तको स्वरमा आफ्नो गीत रेकर्ड गराएर गीत लेखनको औपचारिक यात्रा सुरु गरेकी हुन् । २०७२ सालमा उनको एकल एल्बम बजारमा आएको थियो । त्यसपछि केही फुटकर गीत बजारमा आए पनि सांगीतिक बजारमा उनको उपस्थिति पातलो देखियो । तर, लेखनमा भने उनी निरन्तर थिइन्।

उनै राधिकाको नयाँ तीज गीत ‘माइती देशको घाउ’ बजारमा आएको छ । यो गीतलाई सांगीतिक क्षेत्रमा उनको दोस्रो इनिङका रुपमा लिन सकिन्छ । नेपाली गीत लेखनमा पुरुष गीतकारको वर्चस्व रहेका बेला सांगीतिक क्षेत्रमा आएर आफूलाई उभ्याउन सफल राधिका पछिल्लो समय गीत लेखनमा कम गीत÷संगीतका स्रष्टाका ’boutमा धेरै लेख्दै आएकी छिन् ।

राधिका ओखलढुंगामा जन्मिइन्, हुर्कंदै गएपछि बाबुआमासँगै बसाईं सरेर मकवानपुरको हेटौँडा आइन् । उनलाई आफू जन्मिएको र हुर्किएको ओखलढुंगाको सम्झना हरक्षण आउँथ्यो । ‘त्यो समयमा ओखलढुंगा सम्झिएर नरोएको क्षण थिएन । त्यो मेरो जन्मभूमि थियो । अहिले सम्झँदा त्यो रुवाई र ओखलढुंगाको प्रेम मेरो कवि चेत रोएको रहेछ,’ राधिका भन्छिन् ।

आर्थिक रुपमा मध्यमवर्गीय परिवारमा जन्मिएकी राधिका घरकी जेठी छोरी थिइन् । बाल्यकालको धेरै समय घर, खेतीपातीको काममा बिताइन् । यति हुँदा हुँदै पनि उनमा लेखनको रुची ताजै थियो । ओखलढुंगा र हेटौँडाका भीर, पहरा र फाँट उनलाई ‘सुन्दर कविता’ जस्ता लाग्थे । उनी वनको हरियालीमा घण्टौंसम्म एक्लै हराउँथिइन् ।

‘स्कुले जीवनबाटै गीत कविता लेख्न थालेँ । कविता प्रतियोगितामा थुप्रै पुरस्कार जितेकी छु । त्यो समय रेडियोको जमाना थियो । म रेडियोका सबै कार्यक्रम नबिराइ सुन्थेँ । रेडियोमा गीत–कविता पठाउने लेखन आदत जस्तै बनेको थियो,’  राधिका सम्झिन्छिन् ।

त्यो समयमा देशभर साहित्यिक पत्रिका प्रकाशन हुन्थे । हुलाकमार्फत् राधिकाको हातमा ती पत्रिका आइपुग्थे । आफ्नो रुची भएको विधाको पत्रिका हातमा परेपछि को नै खुशी नहोला र ? उनी पत्रिका आएकै ठेगानामा गीत, कविता, गजल लेखेर हुलाकमार्फत् पठाउँथिइन्। पत्रिकाको नयाँ अंकमा उनको सिर्जना पनि छापिएर आउँदा राधिकालाई जीवनकै ठूलो खुशी र प्रेरणाको अनुभव हुन्थ्यो ।

राधिकाको रुची साहित्य भए पनि सपना भने मिडिया अर्थात् सञ्चारमाध्यमको देख्थिइन् । त्यही सपनालाई पूरा गर्न एसएलसी पास गरेपछि रेडियोमा काम गर्न सुरु गरिन् ।

‘अरुका गीत बजाउँदै गर्दा आफ्ना गीत पनि रेकर्ड भइदिए हुन्थ्यो भन्ने सपना देख्थिइन् । ‘गीत रेकर्डको सपना मैले रेडियो यात्रा सुरु गरेपछि मात्रै देखेकी हुँ । तर, त्यतिबेला हेटौंडामा गीत रेकर्डिङ स्टुडियो थिएनन् । गीत गाउन थालेपछि गायक, गायिका काठमाडौं नै बस्थे। कसैसँग भेटघाट हुँदैनथ्यो’, राधिका सम्झिन्छिन् ।

‘प्लस टु’को पढाई सकेपछि उनी काठमाडौं आएर रेडियोमै काम गर्न थालिन् । काठमाडौं आएपछिमात्र उनी गीत रेकर्डको सपना पूरा हुनेमा ढुक्क भइन् । २०७० सालमा उनले पहिलो गीत ‘जिन्दगीले आफैंलाई छल्दा खेरी रोएँ’ बोलको गीत गायिका अन्जु पन्तको स्वरमा रेकर्ड गराइन् । सागर अधिकारीको संगीत रहेको उक्त गीत सुरुमा म्युजिक नेपालबाट अपलोड भएको थियो ।

त्यसपछि उनको भेट बिन्ध्यबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीसँग भयो । सुवासले एल्बम निकाल्ने प्रस्ताव गरेपछि २०७२ को फागनुमा बिन्धबासिनी म्युजिकले ‘किनारा’ नामक एल्बम बजारमा ल्यायो । यो एल्बममा राधिकाका ६ वटा गीत छन् । एल्बमको ‘जति छाल आए पनि’ बोलको गीत त्यो वर्षको बिन्धबासिनी म्युजिक अवार्ड र म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट ५ मा परेको थियो । एल्बमले राम्रै रोयल्टी पनि प्राप्त गरेको थियो ।

समय सधैं एकनासले चल्दैन । राधिकाको जीवनमा पनि त्यही आइलाग्यो । पारिवारिक विखण्डनका कारण उनी संगीतमा सक्रिय हुन सकिनन् । भलै उनले संगीतलाई चट्क्कै भने छोडिनन् । तर, गीत लेखनको र रेकर्डको गति भने मन्द भयो ।

उनले अघिल्लो वर्ष तारा अधिकारीको स्वरमा ‘न त तिमीले दिएको चोट देखाउन सके’ बोलको गीत बजारमा ल्याइन् । यो वर्ष राधिका तीजको गीत लिएर पुनः आफ्ना स्रोता माझ आएकी छिन्। ‘यो तीजको गीत मेरो गीत र संगीतमा दोस्रो इनिङ हो’, राधिका भन्छिन् ।

उनको तीज गीत ‘माइती देशको घाउ’मा काव्य आचार्य र मिना नेपालीको स्वर छ । दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र बजागाईंले संगीत संयोजन गरेका छन्। गीतमा देश छोडेर परदेश पुगेका छोरी चेलीको पीडा ब्यक्त गरिएको छ । सुखको खोजीमा मानिस जहाँ पुगे पनि आफ्नो देश र आफ्नाप्रतिको मोह सुखले छोप्न नसक्दाको भाव गीतमा व्यक्त गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि
अवैध शरणार्थीकाे केन्द्र बन्दै नेपाल
अवैध शरणार्थीकाे केन्द्र बन्दै नेपाल
बस दुर्घटनामा ४० घाइते
बस दुर्घटनामा ४० घाइते
आफै लगानी जुटाएर ठूला परियोजना निर्माण गर्न बोर्डलाई अर्थमन्त्रीको निर्देशन
आफै लगानी जुटाएर ठूला परियोजना निर्माण गर्न बोर्डलाई अर्थमन्त्रीको निर्देशन
राष्ट्रिय जनमोर्चा एमाले–माओवादीसँग एकता गर्न जादैनः अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चा एमाले–माओवादीसँग एकता गर्न जादैनः अध्यक्ष केसी
बेलायती प्रधानमन्त्रीलाई विश्वासको मत
बेलायती प्रधानमन्त्रीलाई विश्वासको मत
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भइरहेको कांग्रेसको दाबी
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भइरहेको कांग्रेसको दाबी
क्यानाडामाथि नेपालको रोमाञ्चक जीत, नेपालले विश्वकप छनौट खेल्न पाउने
क्यानाडामाथि नेपालको रोमाञ्चक जीत, नेपालले विश्वकप छनौट खेल्न पाउने
मिडिया बाट पृथक रहेर लोकतन्त्र बलियो नहुने : मुख्य मन्त्री पोखरेल
मिडिया बाट पृथक रहेर लोकतन्त्र बलियो नहुने : मुख्य मन्त्री पोखरेल
नेपाली सेनाद्वारा आयोजित शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया
नेपाली सेनाद्वारा आयोजित शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया