मिडिया बाट पृथक रहेर लोकतन्त्र बलियो नहुने : मुख्य मन्त्री पोखरेल

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
४९ पटक हेरिएको
Shares
मिडिया बाट पृथक रहेर लोकतन्त्र बलियो नहुने : मुख्य मन्त्री पोखरेल

सारांश

  •  कुमार आले माग  १२, (जलुके) अर्घाखाँची ।
  • प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मिडियाबाट पृथक रहेर लोकतन्त्र बलियो नहुने बताएका छन् ।
  • उनले नेपालमा लोकतन्त्र ल्याउन राजनितिक पार्टीको भन्दा पत्रकारहरूको उच्च ठुलो देन भएको उल्लेख गरे ।
 कुमार आले माग  १२, (जलुके) अर्घाखाँची । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मिडियाबाट पृथक रहेर लोकतन्त्र बलियो नहुने बताएका छन् । उनले नेपालमा लोकतन्त्र ल्याउन राजनितिक पार्टीको भन्दा पत्रकारहरूको उच्च ठुलो देन भएको उल्लेख गरे ।  उनले प्रदेश कानुन निर्माण गर्दा पत्रकार महाँसंघ सँगको छलफल पछि सहमति गरेर मात्र बिधेयक पास गरिने उल्लेख गरे तर  ठूला लगानीका मिडिया हाउसबाट प्रेस जगत प्रभावित हुने गरेको बताए । 
उनले दृश्य,अदृश्य माध्यमबाट कमाएको पैसा मिडियामा लगानी गर्ने अनि प्रेस स्वतन्त्रतामाथि आक्रमणको कुरा उठाइने गरेकोतर्फ पत्रकार महासंघले समीक्षा गर्नुपर्ने धारणा राखे ।
नेपाल पत्रकार महासंघ प्रदेश ५ द्वारा आयोजित प्रादेशिक सञ्चार सम्मेलनको सुक्रबार कृष्णसेन ईच्छुकले टेकेको माटो कर्मथलो अर्घाखाँचीको सितगंगा ८ जलुके सातमारामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रेस जगत लगानीकर्ताको प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिए ।
उनले ठूला मिडिया हाउसका लगानीकर्ताहरुले पत्रकारले लेखेका समाचार सेन्सरसमेत गर्ने गरेको दावी गर्दै यसतर्फ वहस चलाउन पत्रकार महासंघलाई आग्रह समेत गरे ।
‘रातारात धनी हुने र मिडियाहाउस खोल्ने होड चलेको छ’– मुख्यमन्त्री पोखरेलले भने ‘यस्तै अदृश्य आम्दानी मिडियामा लगानी गरेकाहरुबाटै प्रेस स्वतन्त्रता संकुचित भएको छ, यसतर्फ पत्रकार महासंघले रिसर्च गर्नुपर्छ ।’
मिडियामा ठूला लगानीकर्ताको प्रभाव नै प्रेस स्वतन्त्रताको चुनौतीका रुपमा खडा भएको उनले औंल्याए । ‘ठूला मिडिया हाउसका समाचार सन्तुलित हुन सकेको छ, छैन, जजमेन्ट हुन सकेको छैन, महासंघले मूल्यांकन गरेको छैन’ मुख्यमन्त्री पोखरेलले भने ‘पुँजीवादको प्रभावमा मिडिया पर्ने कुरामा महासंघले वहस गर्न सक्छ कि सक्दैन ? अबको बहस यतातिर केन्द्रीत गर्नु पर्ने बताए । यस्तै पत्रकार महाँसंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले राजनितीक पार्टीले निर्णय गर्नु भन्दा अगाडि सबै भन्दा पहिला नेपालमा गणतन्त्र अाउन पर्छ भनेर संस्थागत रूपमा अान्दोलनको अगुवाई गर्ने नेपाल पत्रकार महाँसंघ भएको बताए । उनले प्रेस स्वतन्त्रता माथि अंकुच लगाउने कानुन प्रदेस वा केन्द्रले ल्याउन खोजे त्यसको बिपक्षमा पत्रकार महाँसंघ उभिने बताए । अध्यक्ष आचार्यले जहाँ जसले प्रेस माथी अंकुच लगाउन खोजिन्छ त्यहि बाट राजनिती पतन हुन सुरू हुने भन्दै पत्रकारले आगो बाल्न पनि सक्छ, निभाउन पनि जानेको हुन्छ उनले बताए । न्युनतम पारिश्रमिक समितीका अध्यक्ष गंगाधर पराजुलीले फागुन १ गते देखि पत्रकारहरूको पारिश्रमिक माथी कुन कुन ठुला साना मिडिया हाउसले सोषण गरेको छ छैन बारे अनुगन सुरू गरिने भन्दै पारिश्रमिक लागु नगर्ने मिडिया हाउस खारेज गरिने बताए । सरकारले पछिल्लो पटक निर्धारण गरेको पारिश्रमिक लागु गर्न मिडिया हाउसलाई निर्देशन समेत दिए । यस्तै सितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारीले पत्रकार कृष्णसेन ईच्छुकको नाममा सोही ठाँउमा नगरपालीकाले पार्क निर्माण गर्ने निर्णय गरेको बताए ।  मुख्य मन्त्री शंकर पोखरेलले पार्क निर्माण हुने स्थलको अनुगमन समेत गरे । उता सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले  प्रेस स्वतन्त्रता बिना लोकतन्त्र बलियो हुन नसक्ने बताए । उनले मुलुक परिवर्तन गर्न पत्रकारको ठूलो भुमिका रहेको भन्दै सरकारले प्रेस स्वतन्त्रता माथी अंकुच लगाउने खालका कानुन ल्याउन नहुने बताए । प्रदेश ५ को नेपाल पत्रकार महाँसंघका अध्यक्ष मौसम रोकाको अध्यक्षता , उपाध्यक्ष भरत केसीको स्वागत , महाँसचिव भेषराज बस्नेतको सन्चालनमा सम्पन्न खुल्ला सत्रमा बरिष्ट पत्रकार सुर्य थापा , पत्रकार रमेश बिष्ट, हिम बहादुर जिसी लेकाली लगायतले आ-आफ्नो बिचार राखेका थिए । अहिले बन्द शत्रमा प्रादेशिक संरचनामा मिडिया बारे केन्द्रित रहेर छलफल भैरहेको छ ।  सम्मेलनमा प्रदेश ५ का १२ ओटा जिल्लाका पत्रकारहरूको सहभागीता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?