बैंकर्स लक्ष्मीबहादुर श्रेष्ठ ठगी मुद्दामा जेल जाने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
बैंकर्स लक्ष्मीबहादुर श्रेष्ठ ठगी मुद्दामा जेल जाने

सारांश

  • काठमाडौं, माघ १६ ।
  • बैंकर्स लक्ष्मी बहादुर श्रेष्ठ कसरी ठग्न सकिन्छ, प्लान गर्ने र ठग्दै हिँड्ने गरेको पाइएको छ ।
  • एनबी समूहका प्रबन्ध निर्देशक समेत रहेका श्रेष्ठले अरुलाई बैंकबाट लोन मिलाउन लगाई ठग्दै हिँड्ने गरेको समेत पाइएको हो ।

काठमाडौं, माघ १६ । बैंकर्स लक्ष्मी बहादुर श्रेष्ठ कसरी ठग्न सकिन्छ, प्लान गर्ने र ठग्दै हिँड्ने गरेको पाइएको छ । एनबी समूहका प्रबन्ध निर्देशक समेत रहेका श्रेष्ठले अरुलाई बैंकबाट लोन मिलाउन लगाई ठग्दै हिँड्ने गरेको समेत पाइएको हो ।

यतिबेला श्रेष्ठविरुद्व नेपालका प्रायः जसो सबै अदालतहरुमा मुद्दा परेको छ । उनले गर्ने गरेका मुद्दा वास्तविक भन्दा खुराफाद, बनौटी र आफ्नो दायित्वबाट पञ्छिने उद्देश्यले प्रेरित छन् ।

जसको एउटा उदाहरण हो– भेषराज लोहोनीको नाममा निज श्रेष्ठले ०६९ सालमा १० करोड बैना रकम लिएका थिए । ललितपुर इट्टा टायल कारखानाको जग्गा लिइदिन परर्यो भन्दै श्रेष्ठले भेषराज लोहोनीको नामबाट रकम लिएका हुन् ।

हालसम्म पनि श्रेष्ठले लिएको श्रण तिरेका छैनन् । बारम्बार पैसाको कुरा गर्दा पन्छिने र फोन समेत नउठाउने गरेको पीडितको भनाई छ । पैसा फिर्ता नगरेको कारण श्रेष्ठविरुद्व ललितपुर जिल्ला अदालतमा मुद्दा समेत परेको थियो ।

मुद्दाको फैसलामा निज श्रेष्ठको नाममा जायजेथा नदेखिएकोले टाट पल्टिएको भनी अदालतले भेषराज लोहनीबाट एक वर्ष थुनामा राख्न आदेश दिएको छ ।

सिधा खर्च जम्मा गरे पश्चात निज श्रेष्ठलाई थुनामा राख्न ललितपुर जिल्ला अदालतबाट थुनुवा पुर्जी जारी गरेपछि श्रेष्ठले कानूनी दाउपेच खेली काभ्रेपलाञ्चोक जिल्लाको भकुन्डेवेसीभन्दा माथिको डाँडामा कौडीको दाममा भिरपाखो किनी जग्गा खरिद गरेका थिए ।

श्रेष्ठले लामो समयसम्म अदालतलाई समेत झुक्याई बर्षौंसम्म लम्ब्याई रकम तिर्न आलटाल गरी बसेको भएपनि ०७३ माघ २८ गते उक्त जग्गा समेत जायजात हुने गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट लिलाम हुने भएको छ ।

उक्त जग्गाको मुल्य करिव ९,००,००० (नौ लाख मात्र) हुने भएको र निजलाई थुनामा राख्न सिधा खर्च समेत जम्मा भैसकेकोले निज लक्ष्मी बहादुर श्रेष्ठ टाट पल्टेको घोषणा भई जेल चलान हुने निश्चित रहेको छ ।

काभ्रे जिल्ला अदालतबाट निज श्रेष्ठको नाममा जारी भएको डाकु लिलामी सूचनामा विगो वापतको रकम दाखिला गर्न दण्ड सजायको महलको ४२ नं. तथा जिल्ला अदालत नियमवाली २०५२ को नियम ७५ (६) बमोजिम पहिलो पटक मिति २०७४/१०/२८ गते दिनको १० बजेदेखि लिलामी हुने व्यहोरा प्रकाशित गरिएको छ ।

किन पक्राउ पर्दैनन् श्रेष्ठ ?
नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईवी) ले गरेको अनुसन्धानमा पछिल्लो तीन वर्षमा झण्डै दुई दर्जन बैंक तथा वित्तीय संस्थामा गरी २० अर्बको हाराहारीमा ठगी भएको खुलेको छ ।

सिआईवीले ठगीमा संलग्न कतिपय भिआईपी बैंक माफियालाई उन्मुक्ति दिँदा यो रकम बढ्न सक्ने अवस्था देखिएको छ । दर्जनौं भिआईपी बैंक माफियाहरु सिआईवीको निगरानीमा रहेपनि पक्राउ पर्न सकिरहेका छैनन् ।

श्रेष्ठको सञ्चालक कर्जा सूचना केन्द्रको कालोसुचीमा परिसकेका छ । उनले माछापुच्छे« बैंक, एनसिसी बैंक, नेपाल बंगलादेश बैंकको समेत ऋण लिएर तिरेका छैनन् । लक्ष्मीवहादुरसँग जोडिएका अन्य आठ वटा अपराधहरु प्रहरीले फेला पारेपनि उनलाई अहिलेसम्म पक्राउ गरिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?