गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २, २०७६
|
|
३७ पटक हेरिएको
Shares
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत

सारांश

  • गुठी विधेयकलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी्भित्र विवाद चर्किएको छ ।
  • संसदीय दलभित्र गुठी विधेयकको पक्षमा विपक्षमा सांसदहरु उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् ।
  • गुठी विधेयक फिर्ताको माग गर्दै काठमाडौं उपत्यकाभित्र आन्दोलन चर्किएको छ ।

गुठी विधेयकलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी्भित्र विवाद चर्किएको छ । संसदीय दलभित्र गुठी विधेयकको पक्षमा विपक्षमा सांसदहरु उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । गुठी विधेयक फिर्ताको माग गर्दै काठमाडौं उपत्यकाभित्र आन्दोलन चर्किएको छ । विशेषगरी नेवार समुदाय गुठी जोगाउनुपर्ने भन्दै संघर्षका कार्यक्रमसहित उठेका छन् । उनीहरुलाई देशमा प्रतिष्ठित व्यक्तिहरुको साथ छ । गुठी विधेयकको पक्षमा ओली निकटहरु देखिएका छन् । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले गुठीलाई सामन्तवादको स्वरुपको संज्ञा दिदै परिवर्तन आवश्यक रहेको औल्याएका छन् । सार्वजनिक रुपमै उनले दिएको अभिव्यक्ति विवादमा परेको छ ।

थारु समुदायका नेकपाका सांसदहरु विधेयकको पक्षमा उभिएका छन् । दाङ स्थायी घर भएकी नेकपा सचेतक शान्ता चौधरी विधेयक किसानको पक्षमा रहेको भन्दै कुनै हालतमा फिर्ता गर्न नहुने पक्षमा छिन् ।
नेकपाकी सांसद गंगा चौधरीले गुठी विधेयक कुनै हालतमा पारित हुनुपर्ने पक्षमा छिन् । गुठी विधेयकको विरोधमा आन्दोलनमा उत्रिएकालाई भाडाका मान्छे भनिन् । मण्डलामा केही भाडाका मान्छे आउँदैमा विधेयक फिर्ता लिन नहुने चौधरीको अभिव्यक्ति विवादमा परेको छ ।

नेकपाका सांसदहरुमध्ये प्रचण्ड र माधवकुमार नेपाल निकटहरु मौन छन् । केहीले मध्यमार्गी बाटो अपनाउन सुझाव दिएका छन् । प्रचण्ड निकट रहेका रामवीर मानन्धरले गुठी विधेयक नसच्याए गणतन्त्र उल्टने चेतावनी दिइसकेका छन् । मानन्धरले गुठीलाई सामन्तवादी स्वरुप भन्ने सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा मागिसके ।

काठमाडौं उपत्यकाबाट निर्वा्चित नेकपा सांसदहरुले गुठी विधेयक फिर्ता लिन या सच्याउन सुझाव दिएका छन् । कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी गुठी विधेयक फिर्ता नलिए उपत्यकामा आफूहरुको राजनीति समाप्त हुने खतरा औल्याए ।

एउटा पक्षले विधेयक फिर्ता लिन दबाब दिइरहँदा अर्को पक्षले विधेयक फिर्ता लिएमा आन्दोलन चलाउने चेतावनी दिइसकेका छन् । दाङ, जनकपुरलगायतका क्षेत्रमा गुठीका जग्गा व्यक्तिको बनाउन चलखेल भइरहेकाले त्यस क्षेत्रका सांसदहरु गुठी विधेयकको पक्षमा उभिएका हुन् ।

यो पनि पढ्नुस्
गुठी विधेयकको विरोधमा उत्रिएका भाडाका मान्छे हुन्ः सांसद चौधरी

सरकारले ल्याएको गुठीसम्बन्धित विधेयकको विरोधमा उत्रिएका आन्दोलनकारीलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद गंगा चौधरी सत्गौवाले भाडाका मान्छे भनेकी छिन् । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै ‘भाडाका मान्छेले विरोध गर्दैमा’ विधेयकलाई कुनै हालतमा रोक्न नहुने तर्क गरिन् । विधेयकको बचाऊ गर्दै आन्दोलनकारीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएकी चौधरीले भनिन्,‘भाडाका मान्छेले भन्दैमा गुठी विधेयक फिर्ता नगरियोस् ।’ माइतीघर मण्डलमा भाडाका मान्छे ल्याएर गुठी विधेयकको विरोध भएको आरोप लगाइन् ।

स्वर्गद्वारीको जग्गाबारे बोलेकी सांसद चौधरीले किसानहरु अधिकारका लागि उठ्नसक्ने बताइन् । गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकामा आन्दोलन उठिरहँदा उपत्यका बाहिर र भित्रको गुठी प्रथा फरक हुने व्याख्या गर्दै सत्तारुढ सांसदहरुले विधेयकको बचाऊ गरिरहेका छन् ।

यसअघि सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीले गुठी विधेयक फिर्ता लिन नहुने तर्क गरेकी थिइन् । उनले किसानको अधिकार सुनिश्चित हुने गरी विधेयक आएको भन्दै विरोध गर्नुको अर्थ नरहेको बताइन् । चौधरीले मन्दिर र मूर्तिका लागि मात्र बोल्ने किसानको लागि नबोल्ने ? प्रश्न गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुणस्तरहीन खाद्यान्न बाँड्नेहरुलाई कालोसूचीमा राख्न सर्वोच्चकोआदेश
गुणस्तरहीन खाद्यान्न बाँड्नेहरुलाई कालोसूचीमा राख्न सर्वोच्चकोआदेश
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग
मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग
केन्याको विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो
केन्याको विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो
राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन
राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे
गोठ भत्किँदा बालिकाको मृत्यु
गोठ भत्किँदा बालिकाको मृत्यु
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
तस्कर र प्रहरीबिच झडप, प्रहरीले खोल्यो १० राउन्ड हवाई फायर
तस्कर र प्रहरीबिच झडप, प्रहरीले खोल्यो १० राउन्ड हवाई फायर
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी

तपाईंले छुटाउनुभयो कि?