पार्टी वैठकमा प्रचण्डले भने हामी जनचाहना अनुसार अगाडि बढ्न सकनौँ ।.

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
२० पटक हेरिएको
Shares
पार्टी वैठकमा प्रचण्डले भने  हामी जनचाहना अनुसार अगाडि बढ्न सकनौँ ।.

सारांश

  • वैठकमा सहभागी एक जिल्ला इन्चार्जका अनुसार वैठकको शुरुमा प्रचण्डले भने यो देशमा परिवर्तन हामीले गर्ने काम भयो ।
  • तर, पार्टीले गरेको काम संस्थागत गर्न सकिएन ।
  • चुनावमा यसको असर देखियो ।

वैठकमा सहभागी एक जिल्ला इन्चार्जका अनुसार वैठकको शुरुमा प्रचण्डले भने यो देशमा परिवर्तन हामीले गर्ने काम भयो । तर, पार्टीले गरेको काम संस्थागत गर्न सकिएन । चुनावमा यसको असर देखियो ।
–काँग्रेस–एमालेका अनुसार चुनाव लड्दा यस्तो अबस्था आयो ।
–हाम्रो तरिकाले चुनाव लड्न नसक्दा यस्तो भयो ।
–यो हारको कारण जनतामा होइन, पार्टीभित्र खोज्नुपर्छ ।
–जनताले यस्तो माओवादी खोजेको होइन ।
–जनताले खोजेजस्तो माओवादी हुन सकिएन ।
–हामी जनचाहना अनुसार अगाडि बढ्न सकनौँ ।
–पराजयको ठूलो कारण यहीँ हो ।
–केन्द्रीय कमिटि पनि हाम्रो ठीक भएन ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    –आजबाट पार्टीभित्र रहेका सवै गुट विघटन गरौँ । होइन भने घोषित रुपमा चलाऔँ                                                                                                                                                                                         

पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा माअ‍ोवादी काँग्रेस र एमालेभन्दा धेरै सीट पछाडि छ । तेस्रो अबस्थामा रहेको माओवादीले पहिलो चरणमा ४८ र दोस्रो चरणमा ३६ सीटमा मात्र जित निकालेको थियो ।
चुनावमा हारपछि माअ‍ोवादीभित्र हारको कारण खोज्न थालिएको हो । यसैका लागि प्रचण्डले जिल्ला इन्चार्ज र केन्द्रीय सचिवालय सदस्यहरुको संयुक्त वैठक आव्हान गरेका थिए ।

माओवादीले हारेपनि एजेण्डाको जीत : प्रचण्ड

वैठक अगाडि भएको एक कार्यक्रममा भने प्रचण्डले माओवादीले हारेपनि एजेण्डाको जीत भएको बताएका थिए ।
प्रचण्डले स्थानीय तह निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेपनि पार्टीको एजेन्डाको भने जित भएको दावी गरेका  थिए ।
सोमबार पार्टीको जलस्रोत तथा उर्जा विभागले सोमबार सार्वजनिक गरेको जलस्रोत तथा उर्जा सम्बन्धि नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  संघीयता माओवादीको एजेण्डा भएकाले त्यो एजेण्डा लागु गर्न माओवादी सफल भएको बताएका थिए ।
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले  सोमबारबाटै सुरु हुने पार्टीको सचिवालयको विसतारित बैठकमा सरकारमा पार्टीको सहभागिताका विषयमा पनि खुलेर छलफलमा भाग लिन पार्टीका नेताहरुलाई आग्रह गरेका थिए ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबारबाटै पार्टी सचिवालयको विस्तारित बैठक सुरु भैसकेको छ । उक्त बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा गर्दै आगामी रणनीति तयार पार्न छलफल सुरु गरिने माओवादीले जनाएको छ ।
बैठकमा पार्टीका जिल्ला इन्चार्जहरुले स्थानीय तह निर्वाचनको रिर्पोटिङ गर्नेछन ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?