ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ: प्रधानमन्त्री ओली
सारांश
- अस्बिन खड्का, २६ जेठ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले १ नम्बर प्रदेशको सभालाई सम्बोधन गरेका छन् ।
- प्रदेश १ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘जतिबेला अरु देश सँग कुनै लिपी थिएन, त्यसबेला पनि हाम्रा विद्वान पुर्वज तथा पुर्खाहरु ले सबैलाई विद्या बाँडेका थिए।
अस्बिन खड्का, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले १ नम्बर प्रदेशको सभालाई सम्बोधन गरेका छन् ।
प्रदेश १ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘जतिबेला अरु देश सँग कुनै लिपी थिएन, त्यसबेला पनि हाम्रा विद्वान पुर्वज तथा पुर्खाहरु ले सबैलाई विद्या बाँडेका थिए। हामीसँग त्यस्ता पुर्खाको जिन अझै पनि हामी भित्र रहेको छ। ‘
अाेलीले जनताको अपेक्षा र भरोसालाई पूरा गर्न सांसदहरुलाई आग्रह गरेका छन् । उनले भने हामी ठूलो परिवर्तनपछि नयाँ अभिभारा पूरा गर्ने बाटोमा अघि बढेका छौँ । अब कुनै पनि सानो तीनो कुरामा सरकार टुलुटुलु हेरेर समेत बस्दैन।
प्रधानमन्त्रीले हिमाल र वातावरण प्रति पनि चिन्ता व्यक्त गरेका छन् । ओलीले भने ‘हरेकले भौगोलिक अवस्थिति र वातावरणका लागि योगदान गर्नुपर्छ । हाम्रो देशमा प्रकृतिको अद्भुद रचना छ।ुउनले हाम्रो प्रकृति सुन्दरमात्रै नभइ जीवनमय पनि भएको चर्चा गरे।
अाेलीले प्रदेश सरकार ले काम गर्दा सबै जात जाति धर्म भाषा सबैलाई प्राथमिकता दिनु पर्ने कुरा मा जाेड दिए का छन ।
प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले आइतबार पहिलो पटक आगामी आर्थिक बर्ष २०७५/०७६ को पूर्ण नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया