गृहजिल्ला पुगेर थापाले दिए तेस्रो जनआन्दोलनको चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
२३ पटक हेरिएको
Shares
गृहजिल्ला पुगेर थापाले दिए तेस्रो जनआन्दोलनको चेतावनी

सारांश

  • काठमाडौं २१,फागुन।
  • राप्रपाले गरेको मेचीमहाकाली रास्ट्रिय स्वाभिमान यात्राको क्रममा आज सातौ दिन मकवानपुर पुगेको छ ।
  • विभिन्न झाकी, बाजागाजा, बृहत जनसहभागिता सहित नगर परिक्रमा गरि कार्यक्रम गरिएको थियो।

काठमाडौं २१,फागुन।राप्रपाले गरेको मेचीमहाकाली रास्ट्रिय स्वाभिमान यात्राको क्रममा आज सातौ दिन मकवानपुर पुगेको छ ।विभिन्न झाकी, बाजागाजा, बृहत जनसहभागिता सहित नगर परिक्रमा गरि कार्यक्रम गरिएको थियो। राप्रपा नेता एबम प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले कमल थापा मकवानपुरको हुनु मकवानपुर बासीको लागि गर्भको कुरा रहेको बताए। यसै क्रममा उहाँले मकवानपुर बासीले हरिणले झै आफ्नो गन्ध थाहा नपाएर खोजेको जसरी मकवानपुर बासीले कमल थापा नचिनी अरु खोज्दै हिडेको र पहिले जे जस्तो भएपनी भबिस्यमा साथ र सहयोग पाउने बिश्वास रहेको जानकारी गराए। नेता बुद्धिमान तामाङले हिन्दु रास्ट्र पुनःस्थापनाको लागि मकवानपुरको महत्त्वपूर्ण भुमिका रहने बताएका थिए।

राप्रपा अध्यक्ष कमल थापाले मकवानपुर बासीले आफुलाइ माया गर्ने तर भोट भने नपाएको बताएका थिए।उहाँले जुनसुकै परिस्थिति आए पनि नेपाल हिन्दु रास्ट्र कायम गराएरै छाड्ने यसैक्रममा हामिले उठाएका माग पूरा नगरे तेस्रो जन आन्दोलन हुन सक्ने समेत चेतावनी दिए।

सरकारले लोकतन्त्रको आडमा लुटतन्त्र मच्चाएको र भ्रष्टाचारचारीलाई कारबाही गर्नुको सट्टा गुपचुप गराइ भ्रष्टाचारिलाई झन प्रोत्साहन गरेको आरोप लगाएका थिए। मेचीमहाकाली स्वाभिमान यात्रा यही फागुन ३० गते काठमाडौं विशाल अामसभा गरि समापन हुने राप्रबिसं महासचिव जनक फडेराले जानकारी गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?