रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १०, २०८१
|
|
३३ पटक हेरिएको
Shares
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर

सारांश

  • सर्लाही।
  • रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन्।
  • सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरेको हो।

सर्लाही। रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरेको हो।

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको छ।

‘लिटिल बुद्ध’ भनिने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

उजुरीपछि बम्जनलाई गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठमा रहेको उनकै निवासबाट पक्राउ गरिएको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    streameastweb

    you are in reality a good webmaster The website loading velocity is amazing It sort of feels that youre doing any distinctive trick Also The contents are masterwork you have done a fantastic job in this topic

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?