स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीले दिए राजिनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १२, २०७७
|
|
२३ पटक हेरिएको
Shares
स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीले दिए राजिनामा

सारांश

  • जापानका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन् ।
  • उनले पत्रकार सम्मेलनमार्फत् राजीनामा दिएका हुन् ।
  • अबेले स्वास्थ्यका कारण राजीनामा दिएका हुन् ।

जापानका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलनमार्फत् राजीनामा दिएका हुन् । अबेले स्वास्थ्यका कारण राजीनामा दिएका हुन् । उनले पदमा रहँदा आफूलाई साथ दिनेहरुलाई धन्यवाद दिएका छन् ।

उनले पत्रकार सम्मेलनमा आफ्नो स्वास्थ्यबारे प्रष्ट पारेका थिए । आफूले लिइरहेको औषधी र स्वास्थ्यको पछिल्लो अवस्थाबारे वृस्तृत जानकारी दिएका थिए । उनले भने, ‘मैंले महत्वपूर्ण राजनीतिक निर्णय लिनुपर्ने भएको छ । म अब यो पदमा निरन्तर रहिरहन सक्दिनँ ।’ उनले जनतासँग माफी मागेका थिए । उनले भने, ‘अब म पद छाड्छु र जनतासँग गरेको बाचालाई निष्कर्षमा पुर्याउन नसकेकोमा माफी माग्छु ।’

६५ वर्षीय प्रधानमन्त्री अबेले आठ दिनको अन्तरालमा दुईपटक अस्पताल गएपछि उनलाई स्वास्थ्यबारे जनतालाई स्पष्ट पार्न भनिएको थियो । उनले पत्रकार सम्मेलनमार्फत् त्यसबारे स्पष्ट पार्दै राजीनामा दिएका हुन् । राजीनामाका दौरान अबेले अधिकांश समय कोरोना भाइरसको संक्रमणसँगको संघर्षबाट बोलेका थिए ।

जापानका लोकप्रीय प्रधानमन्त्री अबेलाई केही वर्षयता आन्द्रामा समस्या थियो । तर, पछिल्लो समय यसले निकै जटिलता थपेको बताइएको छ । सन् २०२१ सम्म प्रधानमन्त्री रहनुपर्ने अबे एक वर्ष अगावै राजीनामा दिने निर्णयमा पुगेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?