दाङ पुुगेर प्रचण्डले भने महराले मलाई पनि ढाँटे

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
४१ पटक हेरिएको
Shares
दाङ पुुगेर प्रचण्डले भने महराले मलाई पनि ढाँटे

सारांश

  • निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रचण्डलाई समेत ढाँटेको खुलासा भएको छ ।
  • प्रचण्डले यसबारे जानकारी लिन खोज्दा उनले ढाँटेको खुलेको हो ।
  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई सही कुरा नबताएको खुलासा गरे ।

निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रचण्डलाई समेत ढाँटेको खुलासा भएको छ । प्रचण्डले यसबारे जानकारी लिन खोज्दा उनले ढाँटेको खुलेको हो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई सही कुरा नबताएको खुलासा गरे । महराले जर्बजस्ती गरेको घटना बाहिर आएपछि आफूले यसबारे तथ्य बुझ्न पठाउँदा महराले सही कुरा नबताएको खुलासा गरेका हुन् ।

‘घटना सुन्नासाथ के भएको हो भनेर नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई बुझ्न पठाएँ, म आफै जाँदा पनि उहाँले सही कुरा बताउनुभएन,’ दाङमा पत्रकार सम्मेलनमा प्रचण्डले भने । उनले महराले के सही कुरा नबताएको प्रष्ट पारेनन् ।

महराले गल्ती गरेको प्रचण्डको भनाई थियो । तर, त्यो अपराध नभई नैतिक गल्ती भएको प्रचण्डको जिकिर थियो । उनले भने, ‘महराजीबाट नैतिक त्रुटी भएको हो, अपराध गर्नुभएको होइन ।’ एउटा गल्ती गरिसकेपछि आफूलाई सही कुरा नबताएर अर्को गल्ती गरेको बताए ।

महरा प्रकरणको एक महिनापछि प्रचण्डको यसबारे भनाई सार्वजनिक भएको हो । प्रचण्डका विश्वासपात्रका रुपमा चिनिएका महरा रोशनी शाहीमाथि करणी उद्दोगको अभियोगमा र्पुपक्षका लागि थुनामा छन् । उनीमाथिको अभियोगमा अदालतमा मद्दा विचाराधीन छ । महराले अदालतलाई सघाउनुपर्ने समेत प्रचण्डको भनाई थियो । File Photo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?