अन्तर्राष्ट्रिय नारी दिवसमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, सामतेन मेमोरियल प्रथम
सारांश
- काठमाडौं, २४ फागुन ।
- अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सेन्ट जर्ज इन्टरनेसनल स्कूल विशालनगर र एनप्याव्सन क्लस्टर स्याटको संयुक्त आयोजनामा स्याट विद्यालयस्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
- प्रदेश सभा सदस्य नारायणप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सेन्ट जर्ज इन्टरनेसनल स्कूलको परिसरमा भएको नृत्य प्रतियोगितामा सामतेन मेमोरियल एजुकेशनल स्कुल पैयाँटार कपनले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
काठमाडौं, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सेन्ट जर्ज इन्टरनेसनल स्कूल विशालनगर र एनप्याव्सन क्लस्टर स्याटको संयुक्त आयोजनामा स्याट विद्यालयस्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश सभा सदस्य नारायणप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सेन्ट जर्ज इन्टरनेसनल स्कूलको परिसरमा भएको नृत्य प्रतियोगितामा सामतेन मेमोरियल एजुकेशनल स्कुल पैयाँटार कपनले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा दीक्षान्त एकेडेमी सुकेधारा द्वितीय, इकिता इन्टरनेसनल स्कूल बालुवाटार तृतीय भएका थिए । सेन्ट जर्ज इन्टरनेसनल स्कूल विशालनगरले सान्त्वना प्राप्त गरेको थियो । विजयी सबैलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले नृत्य जस्तो अतिरिक्त क्रियाकलापले विद्यार्थीको बहुुआयामिक विकासमा सहयोग गर्ने बताएका थिए ।
विद्यालयका प्रिन्सिपल प्रेम भण्डारीले नृत्यको इतिहासको विषयमा बताउँदै वर्तमान समयमा यसको उपयोगिताको विषयमा आफनो बिचार राखेका थिए । एनप्याव्सन क्लस्टर स्याटका पदाधिकारीहरु हरि माझी, सन्तोष खनाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा दर्शकश्रोताहरुको पनि बाक्लो जमघट थियो ।
टोल सुधार समितिका सचिव लक्ष्मण शर्माको उपस्थिति रहेको सो कार्यक्रममा दिपश्री मिडिया र रोटरी क्लव अफ कपनका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा गोरखनाथ टोल सुधारका जेष्ठ सदस्यहरुलाई पनि अभिनन्दनपत्र तथा नगद सहित सम्मान गरिएको थियो ।
प्रतिक्रिया