गृहमन्त्रीको निर्देशनपछि आधा दर्जन यातायात व्यवसायी पक्राउ, अरुको खोजी जारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
२५ पटक हेरिएको
Shares
गृहमन्त्रीको निर्देशनपछि आधा दर्जन यातायात व्यवसायी पक्राउ, अरुको खोजी जारी

सारांश

  • वैशाख २१, काठमाण्डौ ।
  • सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ ।
  • गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् ।

वैशाख २१, काठमाण्डौ । सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् ।

प्रहरीले बुटवलको ट्राफिकचोकबाट संघका उपाध्यक्ष जीवन वञ्जाडे र महासचिव पदम गाहालाई पक्राउ गरेको हो ।

त्यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् ।

त्यस्तै नारायणी यातायातका अध्यक्षसहितकाे खाेजी गर्न प्रहरी निरीक्षक मधुकुमार थापाकाे कमान्डमा प्रहरी टाेली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?